- ५ आश्विन २०७९, बुधबार ०७:५३
शिक्षा सचिव रामकृष्ण सुवेदीसमेतको उपस्थिति रहेको थियो।
शिक्षा सम्बन्धी दिगो विकास लक्ष्य, पन्ध्रौं योजना तथा शिक्षा नीति समेतलाई दृष्टिगत गरी शिक्षामा समामयिक सुधार गर्दै आमूल परिवर्तन गर्न सोच पत्र तयार पारिएको शिक्षा, बिज्ञान तथा प्रबिधि मन्त्रालयले जानकारी दिएको छ।
सोचपत्रलाई दुई चरणमा कार्यन्वयन गरिने र पहिलो चरणमा भएका कानूनको कार्यन्वयन र आवश्यकता अनुसार कानून परिमार्जन मार्फत सोच पत्रको कार्यन्वयन गरिने र त्यसपश्चात दोस्रो चरणमा आवश्यक नयाँ कानुन्, संरचना तथा पूर्वाधारको निर्माण गरी सोचपत्रको पूर्ण कार्यान्वयन गरिने मन्त्रालयको उदेश्य रहेको बताइएको छ।
मन्त्री पोडेलले नेपालको संविधान, अनिवार्य शिक्षा सम्बन्धी ऐन तथा नियममावली, पन्ध्रौं योजना परिलक्षित गरेको शिक्षा सम्बन्धी समष्टिगत उदेश्य, रष्ट्रिय शिक्षा नीति एवम् शिक्षा सम्बन्धी दिगो विकासको लक्ष्य समेतलाई दृष्टिगत गरी शिक्षामा आमुल परिवर्तन र समसामयिक सुधार गर्न सोचपत्र तयार पारिएको बताएका छन। त्यसैगरी राष्ट्र र राष्ट्रियताप्रति समर्पित सकारात्मक सोचयुक्त, शिक्षित, सभ्य र उर्जाशील देशभक्त सक्षम जनशक्ति नागरिकको विकास गर्ने बहत्तर सोच रहेको बताए।
सोचपत्रमा समकालीन समस्या तथा चुनौतीको सामना, आवश्यकताको सम्बोधन र अवसरहरूको उपयोग गर्ने गरी शिक्षित, सभ्य, स्वस्थ र सक्षम जनशक्तिः सामाजिक न्याय, रूपान्तरण र समृद्धि, सहितको दीर्घकालीन दृष्टिकोण सार्वजनिक गरेको छ । दीर्घकालीन दृष्टिकोणअनुरूपको शिक्षा प्रणाली विकासका लागि नीतिगत, संस्थागत र कार्यक्रमगत रणनीति अवलम्बन गर्ने सोचपत्रमा उल्लेख गरिएको छ ।
बाल विकास, हेरचाह र शिक्षाको समग्र दृष्टिकोणलाई एकीकृत रूपमा सम्बोधन हुने गरी प्रारम्भिक बाल विकास तथा शिक्षालाई व्यवस्थित गर्ने पूर्व प्राथमिक शिक्षाको अवधि निश्चित गरी समान बनाउने स्थानीय, राष्ट्रिय तथा भूमण्डलीय सन्दर्भ समेतलाई दृष्टिगत गरी पाठ्यक्रमको निरन्तर अद्यावधिक गरी गुणस्तरीयता कायम गर्ने, ज्ञानमा आधारित समाज र अर्थतन्त्रको निर्माणबाट सामाजिक आर्थिक रूपान्तरणका लागि उच्च शिक्षामा पहुँच र गुणस्तर अभिवृद्धि गरी उच्च शिक्षालाई वैज्ञानिक, प्रतिस्पर्धी, रोजगारमूलक, नवप्रवर्तनात्मक, प्रविधिमैत्री र अनुसन्धानमूलक बनाउने, प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिमलाई सामाजिक प्रतिष्ठासँग आबद्ध गर्ने नीति अपनाउने सोचपत्रमा उल्लेख गरिएको छ ।
मन्त्रालयले तयार गरेको सो सोचपत्रमा नेपालको शिक्षा प्रणलीको विगत, वतर्मान स्थिति र भावी कार्यदिशा समावेश गरिएको छ। यसकालागि कूल बजेटको २० प्रतिशत बजेट विनियोजनका लागि अर्थ मन्त्रालय क्रमशः तत्पर हुने विश्वास मन्त्रालयले लिएको छ। ।










प्रतिकृया दिनुहोस्