- २ आश्विन २०७९, आईतवार ०८:०२
आश्विन २, काठमाडौं । बुढानीलकण्ठ नगरपालिकाका मेयर मिठाराम अधिकारीले नगरपालिकाको मेयरको कार्यभार सम्हालेको १०० दिन पुगेको छ । कुनै उत्साहजनक काम नगरेरै १०० दिन पूरा गरेका मेयर अधिकारी आफ्नोे कामबाट उनी आफैं पनि सन्तुष्ट नभएको कतिपयलाई सुनाउने गरेका छन् । १०० दिनको समयमा प्रशंसा गर्न लायकभन्दा आलोचना गर्न लायक काम धेरै गरेकाे भन्दै उनका निकटतम प्रतिस्पर्धी विनोद चालिसेले आलोचनात्मक टिप्पणी गरेका छन् ।
उनले एक संचार माध्यमसँग कुराकानी गर्दै मेयर मिठाराम अधिकारीबाट कुनैपनि क्षेत्रमा आसै गर्न नसकिने बताएका छन् । उनले अबको पाँच वर्ष कसरी चलाउँछन् भन्ने पहिलो १०० दिनको कामबाट नै पुष्टि भइसकेको भन्दै बिहानीले दिउँसोको संकेत गरेजस्तै उनले अबको पाँच वर्ष कुनै उल्लेखनीय काम गर्न नसक्ने दाबी समेत गरेका छन् ।
त्यसो त बुढानीलकण्ठ नगरपालिकामा पहिलेदेखि नै माग उठ्दै आएको खहरे मिचेर बनाएका घरहरुमाथि कारबाही प्रक्रिया अघि बढाउनै पर्ने दबाबमा थिए, मेयर अधिकारी । आफ्नै कारणले वर्षेनि कपनवासी डुबानमा परेको देखिरहँदा उनी नगरपालिकाको मेयर भएपछि त्यो विषयलाई प्राथमिकतामा राखेर अघि बढ्नुपर्ने हो । तर उनले आगामी आर्थिक वर्षको बजेटमा यो कुरा उल्लेख गरेनन् । खाेला तथा सार्वजनिक जमिन अतिक्रमणविरुद्ध उनले कुनै बजेट नछुट्याएकाे र
‘मेयर अधिकारीकै घरको दुईवटा कोठा खहरे खोलाको नक्साभित्र गरेकाे कुरा सुनेकाे र त्यही भएर उनले आफ्नाे घर भत्काएर खहरे बग्न नदिने याेजनामा रहेकाे आराेप लगाएका थिए ।
साथै मिठाराम अधिकारी माथिबाट पार्टिकाे दबाबमा परेर हाेकि किन हाे उत्साजनक काम गर्न नसकेकाे १०० दिनमा ५ वटा काम पनि गरेकाे नदेखिएकाेले यीबाट आशा गरेर बस्नु बेकार रहेकाे जिकिर गरे । चालिसेले उनकाे कार्यकक्षमा पत्रकारलाई दुर्ववहार गरेकाेमा पनि कडा आलोचना गरे , उनले भने एउटा पत्रकार काम लिएर मेयरकाे कार्यकक्ष जाँदा मेयरकाे स्वकिय सचिव लगाएर झर्किने र धकेल्ने सम्मकाे व्यबहार गर्नु कस्तो संस्कार हाे ? भनी प्रश्न समेत गरे ।
मेयरका उम्मेदवार चालिसे मिठाराम अधिकारीमा कुनै निर्णय क्षमता नरहेको भन्दै अहिलेको नगरपालिका ७४ सालभन्दा अघिको जस्तै कर्मचारीकै भरमा चलेको बताउँछन् । ‘मिठारामजीले प्रशासन पनि चलाउन सक्नुभएको छैन । उहाँभन्दा त बरु उप मेयर अलिक प्रभावशाली देखिनुहुन्छ ।’ चालिसे भन्छन् ‘उपमेयरलाई पनि विधि र प्रक्रियाको कुनै ज्ञान नहुँदा कार्यकारी र अन्य विभागीय प्रमुखको जे भन्याे त्यहीमा हस्ताक्षर मात्रै गर्ने काम मेयर अधिकारीको रहेको छ ।’
त्यसो त मिठाराम अधिकारी पहिलो पटक जनप्रतिनिधि बनेका व्यक्ति होइनन् । पहिले २०७४ सालमा नै गाविस अध्यक्ष बनिसकेका उनी पटकपटक लाभको पदमा पुगिसक्दा पनि उनको कार्यक्षमताले गति लिन सकेको छैन । ‘उहाँ कुहिरोको काग जस्तै हुनुभएको छ । चुनावअघि उहाँले जस्तो घोषणापत्र ल्याउनुभएको थियो, त्यसको एक प्रतिशत काम पनि यो १०० दिनमा हुन सकेको छैन ।’ सुशासन र जनतालाई दिने सेवालाई पनि चुस्त बनाउन नसकेको उनको आरोप छ ।
१०० दिनको समयमा छिमेकी काठमाडौं महानगरपालिकाले सार्वजनिक सम्पत्ति मिचेर बनाएका संरचनामाथि डोजर चलाउन सुरु ग¥यो । अहिले महानगरवासीले भटाभट अवैध संरचना आफैं हटाउन थालेका छन् । यो अभियान बुढानीलकण्ठ नगरपालिकामा पनि आवश्यक रहेको भन्दै खहरेको सीमाभित्र पर्ने होस् या अन्य सार्वजनिक जग्गामा बनेका संरचना नयाँ मेयर आएपछि हट्ने आशा धेरैले राखेका थिए । तर सुरुको १०० दिनमा यसको सुरुवाती काम पनि केही भएको छैन ।
काठमाडौंमा फोहोरमैला व्यवस्थापनको बहस चलिरहँदा बुढानीलकण्ठ नगरपालिकाले भने यसमा कुनै चासो दिएको छैन । फोहोरमैलाको विषय पनि आफैंले केही गर्न सक्छौं कि भनेर योजना बनाउनु पर्ने हो । त्यतिका समयसम्म फोहोर नउठ्दा पनि नगरपालिकाले छलफलसम्म अघि बढाउन सकेन । यी र यस्तै कारणहरुले गर्दा मेयर मिठाराम अधिकारीमा आफैं काम गर्ने कुनै मिसन र रणनीति नै नरहेको चालिसे बताउँछन् । साथै, उनमा जवाफदेहिता, पारदर्शिता आदि केही पनि नदेखिएकोले अबको पाँच वर्षमा नगरपालिकामा केही परिवर्तन होला भनेर सोच्न सक्ने अवस्थै नरहेको उनी बताउँछन् ।
उनले बुढानिलकण्ठमा भएको कीर्ते मतदातालाई संरक्षण गर्नका लागि मेयर उपमेयर दुवै जना सशत्त रूपमा लागि परेकाे पनि आराेप लगाए । एउटा नगर प्रमुख जस्तो व्यक्तिले आफ्नाे क्षेत्रमा अवैध रूपमा आएर बसेर फर्जि मतदाता बनाउनेलाई कार्बाही गर्ने र त्यस्तो व्यक्तिकाे मतदाता परिचय पत्र खारेज गर्नु पर्ने ठाउँमा उल्टै उनिहरूलाई साथ दिदै ओकालत गर्न निर्वाचन कार्यालय जानू दुखद र भाेट बैंककाे राजनीति गरेकाे आराेपपनि लगाएका छन् ।










प्रतिकृया दिनुहोस्