- १ आश्विन २०७९, शनिबार २१:५५
भदौ ३१, काठमाडौं । प्राज्ञिक विद्यार्थी परिषद् नेपालले मेधावि कलेज शंखमुलका स्नातक दाेश्राे सेमिस्टारमा अध्ययनरत विद्यार्थीहरूलाई दुईदिवसीय व्यक्तित्व विकास तालिम सम्पन्न गरेकाे छ ।
देशका विभिन्न क्याम्पस र विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई व्यक्तित्व विकास नैतिका, अनुशासन , आात्माजगरण, अनुभुति , जीवन जिउने कला जस्ता तालिम संचालन गर्दै आइरहेको विद्यार्थी परिषद्ले विहिबार र शुक्रबार शंखमुलमा रहेकाे मेधावी कलेजमा BBA, BHM र BCIS दाेस्राे सत्रमा अध्ययनरत विद्यार्थीहरूका लागि तालिम प्रदान गरेकाे थियोे ।
दुई दिन सम्म कलेजकाे सभाहलमा संचालन गरिएको तालिममा विद्यार्थीहरूलाई Self Awareness ,Empathy, Critical Thinking, Creative Thinking, Positive Thinking, Ability to cope Emotion, Ability to cope Stress, Interpersonal Relarion, Decision Makeing Power, राष्ट्रियता, संस्कृति र इतिहासजस्ता विषयहरूमाथि अन्तक्रिर्या गरी प्रशिक्षण प्रदान गरिएको थियोे ।
तालिममा मुख्य प्रशिक्षककाे रूपमा विद्यार्थी परिषद्का राष्ट्रिय संगठन सचिव नारायण प्रसाद ढकाल र सहज कर्ताकाे रूपमा राष्ट्रिय सचिव नारायण तिमल्सिनाकाे उपस्थिति रहेकाे थियोे ।

तालिमकाे समापन सत्रमा नेपाल बैंक लिमिटेड जावलाखेल शाखाका शाखा प्रबन्धक विदुर विक्रम थापा, विद्यार्थी परिषदका राष्ट्रिय संगठन सचिव नारायणप्रसाद ढकाल, राष्ट्रिय सचिव नारायण तिम्सिना, राष्ट्रिय मिडिया प्रमुख कृष्णप्रसाद हुमागाईं , मेधावि कलेज विविए संयाेजक कमल पन्त र साेही कलेजमा अध्यनरत ५० जना भन्दाबढी विद्यार्थीहरूले तालिमा सहभागी जनाएका थिए ।










प्रतिकृया दिनुहोस्