- २४ भाद्र २०७९, शुक्रबार २१:१६
भदौ २४, काठमाडौं । कम्युनिटी केयर नेपालकाे आयोजना र गिरिजा प्रसाद काेइराला फानउन्डेशन वागमती प्रदेशकाे सह आयाेजनामा बुढानिलकण्ठ १ नम्बर वडामा नि:शुल्क स्वास्थ्य शिविर आयोजना गरिएको छ ।
शुक्रबार बुढानिलकण्ठकाे ॐ स्कुलमा आयोजना गरिएको स्वास्थ्य शिविर कार्यक्रममा बुनपा १ का ३०० जना भन्दाबढी स्थानीयहरूले नि:शुल्क स्वास्थ्य चेकजाँच गराएका आयोजक समितिले शिक्षा संचारलाई जानकारी दिएका छन् ।
स्वास्थ्य शिविरमा आँखा राेग, जनरल मेडिकल, नाका, कान, घाँटी सम्बन्धि चेकजाँच , शल्यक्रिया , स्त्री राेग, बाल राेग, दन्त राेग छाला तथा नशा लगायतका राेगहरूकाे विषयमा चेकजाँच उपलब्ध गराइएको थियोे । स्वास्थ्य शिविरमा काठमाडौं मेडिकल कलेजकाे टिमिले सहयोग गरेकाे थियोे ।
शिविर विहान ९ बजेदेखि ३ बजे सम्म संचालन गरिएको आयाेजका सदस्य सन्जित थापाले शिक्षा संचारलाई बताएका छन् ।










प्रतिकृया दिनुहोस्