- १७ भाद्र २०७९, शुक्रबार २२:३३
राजनीतिक दलका विद्यार्थी संगठनहरू यतिवेला विश्वविद्यालयमा एउटाले तालाबन्दी गर्ने अर्काेले फुटाउने, प्रध्यापकहरू र उपकुलपतिलाई पिटने र मार्ने सम्मकाे धम्कीदिने , कागजपत्र लुटने एक विद्यार्थी संगठन र अर्काे संगठन बिच कुस्ती खेल्ने र विश्वविद्यालयलाई पार्टिका कार्यकर्ताहरूकाे परेड खेल्नै तालिम केन्द्र जस्तो बनाई रहेका छन् ।
तर उता भने स्वतन्त्र रूपमा काम गर्दै आइरहेकाे प्राज्ञिक विद्यार्थी परिषद्ले विश्वविद्यालयका विद्यार्थीहरूलाई अनुशासन, नैतिकता र संस्कारयुक्त राजनीति गर्न नेतृत्व विकास तालिम दिई रहेकाे छ ।
विगत २७ बर्षदेखि दलिय राजनीति भन्दा माथी रहेर क्याम्पस विश्वविद्यालयमा रचनात्मक गतिविधि संचालन गर्दै आइरहेको विद्यार्थी परिषद्ले यति खेर क्याम्पस र विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई उनिहरूकाे व्यक्तित्व विकास नेतृत्व विकास, अनुशासन , संस्कार संस्कृति , राष्ट्र राष्ट्रियता , सामाजिक समरसतायुक्त समाज निर्माण कसरी गर्ने र त्यस दिशा तर्फ क्याम्पस विश्वविद्यालयमा पढने विद्यार्थीहरू दलिय भावना भन्दा माथी रहेर कसरी समग्र विद्यार्थीकाे हितका लागि काम गर्न सकिन्छ ? कसरी विद्यार्थीकाे नेतृत्व विकास गर्न सकिन्छ ? कसरी विद्यार्थी असल र इमानदार बनेर काम गर्न सक्छ ? भन्ने यी विषयहरूलाई विद्यार्थी परिषद्ले आत्मासाथ गर्दै क्याम्पस विश्वविद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरूलाई सिकाई रहेकाे छ ।
साेही अभियान अन्तरगत विद्यार्थी परिषद्ले त्रिवि व्यवस्थापन विभाग, शिक्षाशास्त्र विभाग, विज्ञान र गणित विषय अध्ययन गर्ने विद्यार्थी , उता मानविकी संकायमा अलग अलग विषय पढदै गरेका विद्यार्थीहरू , शंकरदेवमा विविए पढिरहेका विद्यार्थीहरू , लगायत नेपालकाे सुदुरपुर्व विराटनगर काे महेन्द्रनगर माेरङ देखि सुरू भई, जनता बहुमुखी क्याम्पस, राजश्री जनक , वीरगन्जकाे ठाकुराम बहुमुखी , मकवानपुर बहुमुखि, हेटौंडा क्याम्पस , बिरन्द्र बहुमुखी , राप्ती क्याम्पस , बुटवल बहुमुखी , धादिङको निलकण्ठ, नेसनल ल क्याम्पस हुँदै सुदुरपश्चिमकाे कैलाली बहुमुखी क्याम्पस सम्मका ३ दर्जन भन्दाबढी सरकारी क्याम्पसहरू ,सामुदायिक क्याम्पसहरू र अन्य निजि क्याम्पसमा पढने १० हजार भन्दा बढी विद्यार्थीहरूलाई परिषद्का राष्ट्रिय संगठन सचिव नारायण प्रसाद ढकाल र सह संगठन सचिव रमेश कण्डेलले मुख्य प्रशिक्षकाे रूपमा विगत ३ महिनादेखि निरन्तर तालिम, गाेष्ठी, अन्तरक्रियात्मक कार्यक्रमहरू संचालन गर्दै आइरहेका छन् ।

विद्यार्थी परिषद्ले समाजमा असल , याेग्य, क्षमतावान,नैतिकवान, अनुशासित, संस्कारी , समाज र राष्ट्रलाई प्रथम स्थानमा राखेर काम गर्न सक्ने एक कुशल नेतृत्व निर्माणकाे अभियानमा निरन्तर काम गरिरहेकाे परिषद्का राष्ट्रिय महासचिव छितराज न्याैपानेले बताएका छन् । विद्यार्थी परिषद्ले अन्य किसिमकाे रचनात्मक र सामाजिक कार्यहरू पनि निरन्तर संचालन गर्दै आइरहेको छ । फाेटाे फिचर












प्रतिकृया दिनुहोस्