- १३ भाद्र २०७९, सोमबार २०:५२
भदौ १३, काठमाडौं । नेकपा एकीकृत समाजवादीले बझाङबाट प्रतिनिधिसभा सदस्यमा पार्टी स्थाई कमिटि सदस्य भानुभक्त जोशीलाई सिफारिस गरेको छ। जिल्ला कमिटीको विस्तारित बैठकले जोशीको नाम एकलरूपमा सिफारिस गरेको हो।
बैठकले निर्वाचन क्षेत्र प्रदेश सभा (क) मा पार्टीका केन्द्रीय सदस्य तथा बझाङ जिल्ला ईन्चार्ज दिल बहादुर सिंह, जिल्ला कमिटी उपाध्यक्ष कलक धामी र प्रदेश कमिटी सदस्य अक्कल धामीको नाम सिफारिस गरेको छ।
प्रदेश ९ख का लागि एसका केन्द्रीय सदस्य तथा जिल्ला सह(इन्चार्ज विरेन्द्र भण्डारीलाई एकल सिफारिस गरिएको पार्टीले जनाएको छ।
२०६४ साल संविधान सभा निर्वाचनमा बझाङबाट चुनाव जितेका जाेसी सुरूदेखिनै माधव नेपाल निकट थिए । जब नेपाल एमाले फुटेर माधव नेपाल समुहले अर्काे पार्टि एकीकृत समाजवादी गठन भयाे जाेसी पनि सँगै सँगै माधव नेपाल अध्यक्ष रहेकाे पार्टि एकीकृत समाजवादीका स्थानीय कमिटि सदस्य बन्न पुगे ।
एकीकृत समाजवादीले स्थानीय तहकाे निर्वाचनमा सबै भन्दा बढी स्थानीय १८ वटा वडा अध्यक्ष र अध्यक्ष र उप मेयर तिजेकाे बझाङ जिल्लामा गठबन्धनबाट भानुभक्त जाेसी निर्विकल्प उम्मेदवारमा चयन भएका हुन ।
सधैंव बझाङ्गी जनाताकाे राेजाइमा पर्दै आएका जाेसी विगकाे निर्वाचनमा एमालेकाे ओलि समुहबाट रुष्ट थिए , त्यसैले उनी एमाले छाडेर समाजवादी तिर आएका थिए ।
नेकपा एकिकृत समाजवादी पार्टीले सुदुरपश्चिम प्रदेशमा प्रतिनिधि सभाका लागि ४ सिट काे दावी गरेकाे छ । त्यस मध्ये सबै भन्दा पहिलो नम्बरमा बझाङ जिल्ला छनाैट गरेकाे छ । पुर्व बन मन्त्री समेत रहेका जोशी आफ्नो क्षेत्रमा निकै लोकप्रिय नेताका रुपमा चिनिदै आएका छन् ।










प्रतिकृया दिनुहोस्