- १३ भाद्र २०७९, सोमबार १८:४४
बलात्कारको आरोपमा बैतडीको छुट्टा छुट्टै ठाउँका दुईजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा मेलौली नगरपालिका–५ का ३५ वर्षीय किशोर जोशी र सिगास गाउँपालिका–३ का २७ वर्षीय खगेन्द्र धामी रहेका छन्।
जोशी शिक्षक हुन्। उनले कक्षा १० मा अध्ययनरत किशोरीमाथि ट्युसन पढ्न आएका वेला बिहीबार बलात्कार गरेको आरोप लागेको छ।
यस्तै, सिगास गाउँपालिकाको एक स्वास्थ्य चौकीका इन्चार्ज रहेका धामीले गत असारमा स्थानीय महिलालाई करेसाबारीमा लगेर बलात्कार गरेको आरोप छ।
पीडित दुवै महिला आफन्तकै संरक्षणमा रहेका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी लोकराज जोशीले जानकारी दिए। प्रहरीले दुवै घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।
सम्वन्धित समाचारहरु
ताजा समाचार
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement










प्रतिकृया दिनुहोस्