- १० भाद्र २०७९, शुक्रबार ०८:४२
भदौ, १० नवलपरासी । शिक्षकले विद्यार्थीलाइ पिटेका घटनाहरू सार्वजनिक भइरहन्छन् । यसले के देखाउँछ भने विश्वभरि बालबालिका विद्यालयबाट सिकाइ संगै पिटाइ खाएर घर फर्कन बाध्यछन् ।
यस्तै घटना पश्चिम नवलपरासीको रामग्राम ४ सुर्यपुर ( बैरिहवा) वाड कार्यालय नजिकै रहेको हिलेरियस चिल्ड्रेन एकेडेमी बोर्डिङ स्कुलमा पढाउने एक शिक्षकले बिधार्थिलाई पिट्दा कानको जाली च्यात्तिएको छ । उक्त स्कुलमा अध्यनरत छात्र १२ बर्षको निखिल कोहार नामक कक्षा ५ मा पढ्ने बिधार्थि हुन ।
मिति २०७९ साउन १९ गतेका दिन निखिलले होमवर्क न गरेर गएको निहुमा शिक्षकले मौका पारि आफ्नो सबै रिस उक्त बिधार्थिमाथि पोखेका छन । होमवर्क नगरेको र हल्ला गरेको भनेर शिक्षक अस्लम सिद्धिकीले बिधार्थिलाई समातेर कक्षामा सम्बेदनसिल अङ्ग कानमा लगातार चार झापण हानेको जान्कारि त्यहि कलासमा पढ्ने बिधार्थिहरुले सोध पुछको क्रममा बताएका छन
बच्चा स्कुलबाट घर न आएपछि उस्को बुवा आफै स्कुल जादा ज्वरोले कामिरहेको अवस्था थियो । उक्त बच्चाको कानबाट रगत निस्किरहेको बच्चालाई लियर नजिकैको मेडिकल एस के मेडिकलबाट अौषधि गराएर घर ल्याएको जान्कारि अभिभावकले गराएका छन । पुनः धेरै दुखाइ बढेपछि परासीको मेडिकलमा ल्याएर देखाउदा पिटेको हुनाले कानको जालि च्यात्तिएको डाक्टरले जनाएको हो ।
पटक पटक स्कुलमा बच्चालाई पिटने ,गालि गर्ने,तर्साउने र परिक्षा दिन आएका केही गार्जेनले फिस न दिदा बच्चामाथी ढुङ्गा राखेर शारीरिक यातना दिइएको पाइएको छ । केही महिना पहिला जितपुर,केरवानिका एक विद्यार्थीलाई पिटेर शरिरमा ड्याम् पारि घर पठाउदा उक्त बच्चाहरुको अभिभावकहरु सिकायत लिएर स्कुलमा गएको खुलासा भएको छ ।
अप्रेसनको दिन नजिकै आउदै गर्दा अभिभावकले पटकपटक स्कुलको प्रधानाध्यापकलाई सम्पर्क गर्दा सम्पर्क न भएर पीडित पक्षले बुटवलको श्री तिनाउ इन्टरनेशनल हस्पिटलमा अप्रेसन गराएर घर फर्केर आउदा स्कुलको प्रधानाध्यापक घरमै भटेर लागेको रकम ४२ हजार दिनुभएको हो र अब देखि बच्चाहरुलाई स्कुलमा न पठाउनु भनेर अभिभावकलाई चेतावनी पनि दिएका छन । अहिले ५ महिना बितिसक्दा एक बर्षकै पढाई बर्बाद पारेको छ स्कुलले ।
के भन्छ कानुन ?
सन् २०१८ मा पारित बाल ऐन अनुसार बच्चाहरू माथि घर, विद्यालय वा अन्य स्थानमा कुनै पनि किसिमको शारीरिक सजाय दिन कानुनतः बन्देज छ । यस्तो कानुन बनाउने नेपाल दक्षिण एसियाको पहिलो देश हो भने विश्वको ५४ औं देश हो । संयुक्त राष्ट्र संघको बालअधिकार घोषणापत्रको धारा १९ बमोजिम बालबालिकामा अन्य मानिस जस्तै सबै प्रकारका शारीरिक तथा मानसिक हिंसाबाट जोगाउनु पर्ने कुरा उल्लेख छ । यसको तात्पर्य शिक्षक शिक्षिकाहरूले शारीरिक सजायको सट्टा अन्य
अनुशासनात्मक अभ्यासहरू अपनाउन आवश्यक छ ।
पिटाइबाट हुने नकारात्मक समस्याबारे अज्ञानता :
शारीरिक तथा मानसिक यातनाबाट शारीरिक, मानसिक एवम् सामाजिक विकासमा अवरोध सिर्जना हुन्छ । यसले गर्दा बालबालिकाका दीर्घकालीन स्वस्थ्यमा असर पर्न जान्छ भन्ने कुृरामा शिक्षक अनविज्ञ छन् । फलस्वरूप सिकाइ उपलब्धीमा समेत असर पर्न जान्छ । विद्यार्थी डिप्रेसनको सिकार हुने, एक्लै बस्न रुचाउने, विद्यालय जान नमान्ने, स्मरणशक्ति कमजोर हुने जस्ता नकारात्मक प्रभाव पर्दछ ।
शिक्षकले विद्यार्थीलाई निर्मम तरिकाले कुटपिट गरेको घटना प्रति विभिन्न विद्यार्थी संगठनहरुको गम्भिर ध्यानाकर्षण छ । घटनाका दोषीलाई कार्यवाही गर्न आग्रह गर्दै नवलपरासी पश्चिमका अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन र अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी ( क्रान्तिकारी ) विद्यार्थी संगठनले छुट्टा छु्टटै प्रेस विज्ञप्ती जारी गरेका छन । (फेसबूक मेसेन्जरमा विद्यार्थी मिडियालाइ आएको जानकारी जस्ताको तेस्तै)












प्रतिकृया दिनुहोस्