- ९ भाद्र २०७९, बिहीबार १६:५४
भदौ ९, बझाङ । प्राज्ञिक विद्यार्थी परिषद् नेपालले बझाङ जिल्लाको जयपृथ्वी नगपालिकामा रहेको श्री पाण्डु माध्यमिक विद्यालयमा शैक्षिक सामग्री वितरण गरेको छ ।
आज विद्यालयको प्राङ्गणमा एक समारोहको आयोजना गरि परिषदको सेवा कार्य अन्तर्गत कक्षा ११ र १२ मा अध्ययनरत ६२ जना विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरिएको हो । यस अघि परिषदले सिन्धुपाल्चोकको शारदा माध्यमिक विद्यालय र दोलखाको कालिन्चोक माध्यमिक विद्यालयमा, रसुवाको रसुवा माध्यमिक विद्यालयमा शैक्षिक सामग्री वितरण गरिसकेको र बाकी ७ वटा हिमाली जिल्ला ताप्लेजुङ, मनाङ, मुस्ताङ, गोरखा, मुगु, डोल्पा र हुम्ला जिल्लामा शैक्षिक सामग्री वितरण गर्न गइरहेको विद्यार्थी परिषद्का राष्ट्रिय महासचिव छितराज न्याैपाने जानकारी दिए ।
कार्यक्रममा विद्यार्थी परिषद्का राष्ट्रिय सचिव दिनेश कार्कीले परिषदले विगत ११ वटा हिमाली जिल्लाका विद्यार्थीलाई भारतीय जनता र भारत सकारबाट प्राप्त भएको शैक्षिक सामाग्री विद्यार्थीहरूलाई वितरण गरिएको र वितरण गरिएको सामग्रीमा प्रति विद्यार्थी व्याग, ५ वटा कपी, रेपिडेक्स पुस्तक, जमेक्ट्री बक्स, नेपाली बृहत् शब्दकोश, टोपी लगायत रहेको उल्लेख गर्नुभयो ।
शैक्षिक सामग्री वितरण कार्यक्रममा बोल्दै जयपृथ्वी नगर पालिकाका नगर प्रमुख चेतराज बजालले शैक्षिक सामग्री वितरणको समन्वय गर्ने प्राज्ञिक विद्यार्थी परिषद नेपाल र सामग्री उपलब्ध गराउने भारतीय जनता र भारत सरकारलाई धन्यवाद दिनुभयो ।
प्रमुख जिल्ला अधिकारी बाबुराम अर्यालले वितरण गरिएको शैक्षिक सामग्रीले विद्यार्थीहरू एवम् शिक्षकको शैक्षिक स्तर उन्नति हुने विश्वास व्यक्त गर्नुभयो ।
विद्यालयका प्राचार्य जनकराज उपाध्यायले उपस्थित सम्पूर्णलाई स्वागत तथा परिषदले गरेको सेवाकार्यको प्रसंशा गर्दै परिषदलाई धन्यवाद दिनुभयो ।
उक्त कार्यक्रममा प्राज्ञिक विद्यार्थी विद्यार्थी परिषद् नेपालका राष्ट्रिय जनजाति कार्य प्रमुख एवम् सुदूरपश्चिम प्रदेश संगठन सचिव चन्द्रशेखर जोशी, राष्ट्रिय सचिव दिनेश कार्की, जयपृथ्वी नगरका नगर प्रमुख चेतराज बजाल, प्रमुख जिल्ला अधिकारी बाबुराम अर्याल, विद्यालयका प्रधानाध्यापक जनकराज उपाध्याय, सशस्त्र प्रहरीका प्रहरी नायब उपरीक्षक नेत्र के सी, नेपाल प्रहरीका प्रहरी नायब उपरीक्षक जागेश्वर भण्डारी, विद्यालय व्यवस्थापन समिति अध्यक्ष गङग बहादुर खड्का लगायत स्थानीय प्रबुद्ध व्यक्तिहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।
२०५२ सालमा स्थापना भई देशका ७७ वटै जिल्लाका शिक्षण संस्था, माध्यमिक तह (कक्षा ११ र १२) क्याम्पस तथा विश्वविद्यालयहरूमा कार्य गरिरहेको परिषदले विद्यार्थी, शिक्षक शिक्षाविद्हरूलाई संगठित गर्दै राष्ट्रको चौतर्फी विकास र नेपाल आमाको जयका लागि तन, मन र सम्पूर्ण जीवन समर्पण गर्न सक्ने असल व्यक्ति निर्माण गर्दै राष्ट्रलाई परम् वैभवको स्थितिमा पुर्याउने पवित्र लक्ष्य रहेको छ ।










प्रतिकृया दिनुहोस्