- ७ भाद्र २०७९, मंगलवार १६:२४
भदौ ७, काठमाडौं । नेपाल विद्यार्थी संघबाट विद्यार्थी राजनीति सुरू गरेकी नेपाली काङ्ग्रेसका प्रभावशाली महिला नेतृ महाअधिवेशन प्रतिनिधी कृष्ण कुमारी बस्नेतले प्रतिनिधि सभामा नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष इश्वर पाेखरेलसँग प्रतिस्पर्धिकाे रूपमा उम्मेदवारी दिन गइरहेको विषय यति खेर चर्चामा भएको छ ।
बस्नेतले प्रतिनिधि सभाकाे निर्वाचनमा काठमाडौंकाे बुढानिलकण्ठ नगरपालिका , टाेखा नगरपालिका र काठमाडौं महानगरपालिकाकाे समेत केही वडा रहेकाे क्षेत्र नम्बर ५ बाट एमालेका प्रभावशाली नेता इश्वर पाेखरेल सँग प्रस्तिस्पर्धा गर्ने गरि उम्मेदवारी दिन गईरहेकाे विषयले बुढानिलकण्ठमा चर्चा पाइरहेको छ ।
२०५६ साल पशुपति बहुमुखी क्याम्पसबाट विद्यार्थी राजनीति सुरू गरी क्याम्पस इकाई कोषाध्यक्षबाट ओैपचारिक जिम्मेवार लिएर अगाडि बढेकि कृष्ण कुमारीले , पशुपति क्याम्पसबाट २०५७ मा स्वतन्त्र विद्यार्थी युनियनका कोषाध्यक्ष, २०६० मा स्वतन्त्र विद्यार्थी युनियनका उप सभापति , नेपाल विद्यार्थी संघको इकाई अध्यक्ष हुँदै २०६३ मा नेपाल विद्यार्थी संघको केन्द्रिय सदस्य र २०७३ मा आएर नेपाल विद्यार्थी संघको केन्द्रिय उपाध्यक्ष सम्मकाे जिम्मेवारी पूरा गर्दै उनी लाेकप्रिय मत ल्याएर नेपाली काङ्ग्रेसकाे १३ र १४ औँ महाधिवेशन प्रतिनिधिमा छनाैट भएकि थिइन् ।
राजनीतिक उचाइ मात्र नभइ उनको आफ्नो शैक्षिक प्रगति र उचाइ पनि सुन्न र प्रंशसा गर्न लायककै स्थानमा छ। उनले राजनीति शास्त्र र ग्रामिण विकास विषयमा स्नातकोत्तर पूरा गरी कानुन विषयमा पनि स्नातक सम्म अध्ययन गरिसकेकि छिन् ।
साथै उनी राजनीति कर्मी मात्र नभई एक अधिवक्ताकाे रूपमा पनि परिचित हुँदै आइरहेकि छिन ।
पार्टी भित्र महिला नेतृत्वकाे पनि समान हैसियत र बराबर सहभागीता हुनु पर्छ भनेर ओकालत गर्ने महिला नेतृहरू मध्य एक प्रखर र निडर महिला नेतृत्वकाे रूपमा परिचित भई बुढानिलकण्ठबाट सक्रिय राजनीतिमा निरन्तर काम गरिरहेकी कृष्ण कुमारी एक युवा महिला नेतृ भई समाजकाे हरेक समस्यामा साथ र सहयोग गर्दै आइरहेकि छिन् । उनी सँगै चुनावी मैदानमा उम्मेदवारी दिनेहरूमा काङ्ग्रेसका नेताहरू श्यामबहादुर खडका र प्रेमबहादुर खडका पनि रहेका छन् ।










प्रतिकृया दिनुहोस्