- ५ भाद्र २०७९, आईतवार १९:२०
काठमाडौं, ५ भदौ । विश्वविद्यालय अनुसन्धान आयेगले विस्तारित कार्यसम्पादनमा आधारित अनुदानका लागि आवेदन आह्वान गरेको छ । राष्ट्रिय उच्च शिक्षा कार्यक्रम कार्यन्वयनको क्रममा विश्व बैङ्कको सहयोगमा उच्च शिक्षामा विशिष्टताको प्रवद्धन कार्यक्रम सञ्चालनमा ल्याइएको मध्ये यो कार्यक्रमका लागि आवेदन माग गरिएको हो ।
यस कार्यक्रम अन्तर्गत उच्च् शिक्षाको विकास र विस्तारका लागि व्यवस्था गरिएको अनुदान सहयोगका विभिन्न प्रावधानहरुमा विस्तारित कार्यसम्पादनमा आधारित अनुदान पनि रहेको आयोगले जनाएको छ ।
यो कार्यक्रममा सहभागिताका लागि छनोट भएका विश्वविद्यालयका आंगिक क्याम्पसरु र सम्बन्धन प्राप्त सामुदायिक क्याम्पसहरुलाई निर्धारित कार्यसम्पादन सुचकहरुमा भएको प्रगतिका आधारमा अनदान उपलब्ध गराउने व्यावस्था गरिएको छ ।
कार्यक्रमसँग सम्बन्धित प्रावधान अनुसार मापदण्ड पुगेका इचछुक सामुदायिक क्याम्पसहरुले विस्तारित कार्यसम्पादनमा आधारित अनुदानका लागि तोकिएको कागजनात सहित असोज ४ गतेसम्म आयोगको कार्यालयमा आवेदन पेश गनुपर्ने छ ।











प्रतिकृया दिनुहोस्