- ४ भाद्र २०७९, शनिबार १५:१६
भदौ ४, काठमाडौं । शिक्षक सेवा आयोगले तीनै तहको स्थायी शिक्षकको नतिजा आगामी असोज महिनाभित्र सार्वजनिक गर्नेगरी तयारी गरिएको जनाएको छ ।
आयोगले गत असार ९ देखि १३ गतेसम्म सञ्चालन गरेको प्राथमिक, निम्नमाध्यामिक र माध्यामिक तहको स्थायी शिक्षकको लिखित परीक्षाको उत्तरपुस्तिका देशका सातै प्रदेशबाट संकलन गरेर परीक्षण कार्य गरिरहेको जनाएको छ ।
आयोग स्रोतकाअनुसार उत्तरपुस्तिका संकलन गरेर कोडिङको सबै काम सकेर उत्तरपुस्तिका परीक्षण भइरहेको छ । ‘आयोगले सातवटै प्रदेशबाट उत्तरपुस्तिका संकलन गरेर परीक्षण गरिरहेको छ’, स्रोतले भन्यो, ‘हामीले असोजसम्म उत्तरपुस्तिका परीक्षण सकेर असोजमै नतिजा सार्वजनिक गर्ने तयारी गरिरहेका छौँ ।’
तीनै तहको उत्तरपुस्तिका परीक्षण कार्य सकेर सँगसँगै नतिजा सार्वजनिक गर्ने स्रोतको भनाइ छ ।
सम्वन्धित समाचारहरु
ताजा समाचार
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement










प्रतिकृया दिनुहोस्