- १ भाद्र २०७९, बुधबार ०८:३३
आज आयोजित पत्रकार सिम्मेलनमा नेपाल विद्यालय कर्मचारी परिषद्ले भदौ १ गते शिक्षा तथा मानव विकास स्रोत केन्द्र अगाडी ११ बजेदेखी ४ बजे सम्म धर्ना दिने र भदौ २ गतेदेखी केन्द्रमा तालाबन्दी गर्ने जनाएको छ ।
परिषद्को शिक्षक महासंघ मार्फत पटक पटक शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयसँग विभिन्न समयमा विभिन्न सहमति गरेता पनि सम्झौता कार्यन्वयन नगरी विद्यालय कर्मचारीलाई निराश बनाउनुको साथै सरकारले आन्दोलनका कार्यक्रम अगाडी सार्न बाध्य पारेको नेपाल विद्यालय कर्मचारी परिषद्का अध्यक्ष गंगा राम तिवारीले बताउछन् ।
त्यसैगरी शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गत मन्त्री स्तरको निर्णय बमोजिम स्विकृत कार्यक्रम कार्यान्वयन पुस्तिकामा महासंघसँग भएको सम्झौता अनुसार सेवा सुविधा उल्लेख नगरी प्रकाशित गरीएको भन्दै विरोध जनाएको हो ।
पूर्ण सेवा सुविधाको ग्यरेन्टी तत्काल गर्नुपर्ने माग सहित विद्यालय कर्मचारी सहायक लेखापालको तलब ३६७३० र विद्यालय सहयोगिको तलब २६२१० कायम गरीनुपर्ने परिषद्को माग छ ।
त्यस्तै आर्थिक वर्ष २०७९ ०८० मा नेपाल सरकारले वृद्धि गरेको १५ प्रतिशत तलब वृद्धि विद्यालय कर्मचारीमा पनि हुनुपर्ने, निजामती कर्मचारी तथा शिक्षकहरुलाई दिइ रहेको महँगी भत्ता दुई हजार उपलब्ध गराउनु पर्ने, आर्थिक वर्ष २०७८ ०७९ को बजेजमा उल्लेख भए अनुसार स्थानीय सरकारबाट ७ हजार उपलब्ध गराउनु पर्ने, विद्यालय कर्मचारीहरुको कोटालाई तहगत दरबन्दीमा परीणत गर्नुपर्ने र विद्यालयमा ६० वर्षसम्म कार्यरत रही अवकाश भएका विद्यालय कर्मचारीहरुलाई तहगत रुपमा निजामती कर्मचारीले पाए सरहको सेवा सुविधा दिनुपर्ने लगायतका माग रहेका छन् ।












प्रतिकृया दिनुहोस्