- ३० भाद्र २०७८, बुधबार ०९:५६
एजेन्सि
धनी बन्न को चाहदैँन ? सबै मानिस सुखमय जीवन व्यतित गर्न चाहान्छन् । त्यसैले त दिनरात नभनी काममा लागिरहेका पनि हुन्छन् । यदि तपाई पनि रातारात धनी बन्न चाहनुहुन्छ भने बिहानै बिस्ताराबाट नउठ्दै यस्ता काम गर्नुपर्छ ।व्यवहारिक अर्थशास्त्रका पिता रिचर्ड थेलरले नोबेल पुरस्कार जितेपछि भनेका थिए, धनी जो कोही पनि बन्न चाहन्छ, त्यसैले धनी बन्नका लागि सही दिशा तय गर्नुपर्छ । एउटा कथन छ कि बिहान जस्तो हुन्छ दिन पनि त्यसैरी नै बित्छ । अर्थात् बिहानीले दिनको संकेत गर्छ ।केही काम भने बिहान गरेमा सुख समृद्धि आउँछ ।
बिहान उठेपछि स्नान गनुपर्छ । धार्मिक पुराणमा दिनको शुरुवात स्नानबाट हुनुपर्ने बताइएको छ । यसले दिनभरको उर्जा सञ्चय हुन्छ ।स्नानपछि तत्काल नै भगवानको नाममा दियो बाल्दा पनि समृद्धि आउँछ । पूजापाठ, भगवानको नामको जप गरेमा सुख समृद्धि साथमा हुन्छ ।तुलसीलाई जल चढाउँदा उच्चारण गर्नुहोस् यो मन्त्र, हुनेछ यस्तो फाइदा : शास्त्र अनुसार तुलसीमा जल दिनु बहुतै लाभकारी मानिन्छ । यसले जीवनको सबै समस्या टाढा रहन्छ तथा जीवनमा सुख शान्ति, समृद्धि आउने गर्दछ।आज यसै विषयमा ज्योतिषशास्त्र अनुसार जान्ने कोशीश गर्ने छौ एउटा यस्तो मन्त्रको बारेमा जुन मन्त्र यदि तपाई तुलसीमा जलचढाउने समयमा बोल्नुहुन्छ भने यसले तपाईको जीवनमा माता लक्ष्मीको कृपा सँधै बनिराख्ने छ ।
ज्योतिषशास्त्रअनुसार तपाई बिहानको समयमा स्नान गरेपछि तुलसीमा जल चढाउँने समयमा यो मन्त्रको जप गर्नुहोस्। यदि तपाई साँचो मनले यस मन्त्रको जप गर्नुहुन्छ भने यसले तपाईको जीवनमा आइपर्ने सबै समस्या हटेर जानेछ।साथै जीवनमा धन र समृद्धिको कहिल्यै पनि कमी हुनेछैन् ।तुलसीमा प्रतिदिन जल दिनाले घरमा देवीदेवताको बास हुन्छ तथा जीवनमा सँधै सुख शान्ति र समृद्धि बनिराख्छ।तुलसीको तान्त्रीक प्रयोगस्छोराछोरी नभए दिक्क भए ठिक्क भन्ने हो तर कहिलेकाही गलत संगतमा परेर जिद्धि स्वभावका हुनाले आमा बुबालाई दिक्क लाग्न सक्छ । तुलसी पुर्व दिशामा राखेको ३ पात सन्तानलाई खान दिनु सन्तान क्रमशः सुध्रदै जान थाल्नेछ ।छोरीलाई हामीले लक्ष्मीको रूपमा हेर्छौ । बढेकी छोरीलाई योग्य बर नपाउदा दिक्क लाग्न सक्छ ।
यो समस्या हल गर्न र विवाह चाँडो होस् भन्नाका लागि कन्याद्वारा नित्य तुलसीमा पानी चढाउन र दान दक्षिणा दिएमा सोचे जस्तो बर मिल्नेछ।जसको व्यवसाय राम्रोसंग चलेको छैन यो उहाँहरूको लागि बरदान साबित हुनेछ। तुलसीको बोटमा काँचो दुध चढाई दिनु व्यापार चल्न थाल्नेछ ।नोकरी गर्दा कहिलेकाही प्रमोशन होस् भन्ने चाहना भएमा तुलसीलाई सेतो कपडामा बाधेर अफिसको खाली जमिनमा गाडी दिनु चाडैं प्रमोसन हुन थाल्दछ । घरमा कलह असान्ती भएमा भान्सा कोठाको नजिक राख्नाले कलह शान्त हुन्छ। घरमा झै झगडा समाप्त हुन्छ। श्रीमान श्रीमतीबीचको झगडा भएमा यसो गर्नाले राम्रो फाइदा गर्दछ। प्रेम बढ्न थाल्दछ।










प्रतिकृया दिनुहोस्