- ३० श्रावण २०७९, सोमबार २२:३६
साउन ३०, काठमाडौं । जाेरपाटीमा रहेकाे भेनस नेशनल कलेजले कक्षा ११ मा भर्ना भएका विद्यार्थीहरूलाई एक दिने अभिमुखिकरण एवम् क्यारिएर काउन्सिलिङ कार्यक्रम आयोजना गरेकाे छ ।
कक्षा ११ मा नयाँ भर्ना भएका विद्यार्थीहरूलाई पढनका लागि उत्प्रेरित गराउने र कलेजकाे नियम , अनुशासनकाे बारेमा जानकारी गराउने उदेश्यका साथ कलेजकाे सभाहलमा आयोजना गरेकाे अभिमुखिकरण कार्यक्रममा कलाकारहरू नायक पुष्प खडका र गजल एवम् संगितकार थानेश्वर गाैत्तमकाे विशेष उपस्थिति रहि विद्यार्थीहरूलाई उत्प्रेरणा र मनाेरन्जन प्रदान गरेका थिए ।

अभिमुखिकरणमा कलेजका प्रिन्सिपल कृष्ण पाेखरेलज्युले विद्यार्थीहरूलाई कलेज अध्ययन गर्ने समयमा विद्यार्थीले गर्नु पर्ने काम कर्तब्य , अनुशासन , कलेजले संचालन गर्ने नियमित कक्षाकाे समय , कलेजकाे अतिरिक्त कार्यक्रम र क्लवहरूकाे बिषय सँगसँगै +2 मा विषय छनाैट गर्ने समयमा ध्यान दिनु पर्ने र कच्चा सुनकाे जस्तै गरि आएर राप, ताप सहेर तयारी सुन जस्तै टिलिक्क टल्किने बनि सबैले देख्ने गरी सबैले र महसुस गर्ने गरी तयार भएर जानू पर्ने विषय जाेड दिनुभएको थियोे ।
अभिमुखिकरण कार्यक्रममा कलेजका व्यवस्थापक एवम् संचालक पेमा छिरिङ शेर्पा चर्चित नायक पुष्प खडका, गायक थानेश्वर गाैत्तम, डाइरेक्टर माेहन अधिकारी, स्थानीय पत्रकारहरूकाे विशेष उपस्थिति रहेकाे थियोे ।











प्रतिकृया दिनुहोस्