- ३० श्रावण २०७९, सोमबार ११:५२
प्याब्सनका अध्यक्ष डिके ढुङ्गानाले शिक्षामा रुपान्तरण गर्नुपर्छ भन्ने उदेश्यले विभिन्न संस्थाहरुसँग सम्झौता गर्ने क्रममा लाइब्रेरी डेभलपमेन्ट फोरम र आइटी महासंघ नेपालसँग सम्झौता गरीएको जानकारी दिए । उनले विद्यालय तहमा पुस्तकालय व्यवस्थापन र प्राविधिक तर्फ दक्ष शिक्षकको आवश्यकता रहेकोले सम्झौता गरीएको बताए । साथै २५ देखि ३० जनालाई पालिका स्तरमा निरन्तर तीन वर्षसम्म तालिम सञ्चालन गरीने बताए ।
लाईब्रेरी डेभलपमेन्ट फोरमका अध्यक्ष यज्ञराज भट्टले धेरै शैक्षिक संस्थाहरुले पुस्तकालयका बारेमा केही नसोची विद्यालय खोल्ने गरेको बताउँदै पुस्तकालयका बारेमा तालिम दिन अति आवश्यक रहेको बताए । उनले अहिले भएका व्याक्तिहरु पुस्तकालय कुर्ने मात्र काम गरेको भन्दै पुस्तकालय शिक्षकको आवश्यक रहेको र पुस्तकालय शिक्षकका लागि तालिम दिने उदेश्यले प्याब्सनसँग सहकार्य गरीएको जानकारी दिए ।

आइटी महासंघ नेपालका अध्यक्ष राजु कुशवाहले कोभिड १९ पछि आइटीको महत्व बढेको र सबैले यसबारे बुुझेकोले पछिल्लो समयमा आइटीमा काम गर्न सहज भएको बताए । उनले विद्यालयमा नतिजा प्रकाशन, हाजिरि गर्नदेखि सबै कुरामा आइटीको आवश्यकता रहेको बताउँदै विद्यालयमा आइटीको विकास हुनुपर्नेमा जोडदिए । साथै विद्यालयमा आइटी शिक्षकको अति आवश्यक रहेका कारणले महासंघका प्रतिनिधिद्धारा आवश्यकता अनुसार प्याब्सनका विद्यालयमा तालिम सञ्चालन गरीने र त्यसै अनुसार सम्झौता गरीएको बताए ।

तीन वर्षसम्मका लागि गरीएको सम्झौता भदौबाट लागु हनेछ भने तीन वर्षमा प्याब्सनका सबै विद्यालयमा गरी ५ ५ हजार आइटी र पुस्तकालयका शिक्षक तयार गरीने छ ।










प्रतिकृया दिनुहोस्