- २२ श्रावण २०७९, आईतवार २२:१५
काठमाडौं, आईतवार २२ साउन , बूढानीलकण्ठ नगरपालिका वडा नं.१० मा रक्षा नेपाल सहयोगार्थ भइरहेको शिवपुराण ज्ञान् महायज्ञमा गगन थापाले ५१ हजार प्रदान गरेका छन्। विगत १९ वर्षदेखि यौनजन्य हिंसा विरुद्ध आवाज उठाउँदै यौन उत्पीडनमा परेका किशोरीहरुको संरक्षण गर्दै आईरहेको संस्था रक्षा नेपालको सहयोगार्थ रत्न फाउन्डेसनकि अध्यक्ष संगीता पन्तको संयोजन तथा पण्डित नारायणप्रसाद पौडेलको मुखारविन्दबाट वाचन भइरहेको महायज्ञमा उपस्थित भएर नेपाली काङ्ग्रेसका महामन्त्री तथा पूर्व स्वास्थ्य मन्त्री गगनकुमार थापाले जय नेपाल सेवा समाज मार्फत उक्त रकम सहयोग स्वरुप प्रदान गरेका हुन्।
कार्यक्रममा बोल्दै थापाले समाजमा हुने अपराधलाई उन्मुलन गर्न बालबालिकालाई सानै उमेरदेखि संस्कारी बनाउनु पर्ने जसको लागि धर्मप्रती आस्था जगाउन अध्यात्ममा लाग्न प्रेरित गर्न जरुरी भएको बताए। त्यसै बीच उनले सामाजिक कार्यगर्न जय नेपाल सेवा समाज अभियान ल्याईएको र त्यसै मार्फत महायज्ञमा रु.५१ हजार १११ रुपैयाँ प्रदान गरिने बताए।
रक्षा नेपालको सहयोगार्थ पवित्र भावनाका साथ शिवपुराण महायज्ञ आयोजना गरेकोमा आयोजक गुरुहरु र संयोजक संगीता पन्तलाई धन्यवाद दिएका थिए। आज नवौं दिनको दिन महायज्ञमा विभिन्न महिला समूहले उपस्थित भएर नगद तथा खाद्यान्न सहयोग गरेका छन्। नेपाली काङ्ग्रेस काठमाडौं क्षेत्र ४ प्रदेश ‘ख’ का सचिव तथा युवानेता मनोज सिग्देलले रु.५५५५/- सहयोग प्रदान गरेका छन्।










प्रतिकृया दिनुहोस्