- १९ श्रावण २०७९, बिहीबार २२:१५
साउन १९, काठमाडौँ । अमेरिकी सभामुख नान्सी पेलोसीको ताइवान भ्रमणपछि रुष्ट बनेको चीनले ताइवान सीमा नजिकैको समुद्रमा मिसाइल आक्रमण गरिरहेको छ । अन्तर्राष्ट्रिय मिडियाहरूले पनि यसबारे निरन्तर खबर प्रकाशन/प्रसारण गरिरहेका छन् । चीनले आक्रमण गर्ने शैलीमा ताइवान नजिकैको समुद्रमा मिसाइल आक्रमण लगातार गरिरहेको खबर आइरहँदा त्यहाँको जनजीवन भने सामान्य रहेको त्यहाँ बसिरहेका नेपालीहरूले बताएका छन् । ताइवानको ताइचोङ सहरस्थित चायोयाङ युनिर्भसिटी अफ टेक्नोलोजीमा पोस्टडक्टरल गरिरहेका सरोज अधिकारीले त्यहाँ जनजीवन सामान्य रहेको बताएका छन् । राजधानी ताइपेइदेखि ३ घन्टा टाढा रहेको यो सहर ताइवानको मध्यभागमा पर्छ । यो सहरमा करिब २ सय जना नेपालीहरू रहेको उनले जानकारी दिए ।










प्रतिकृया दिनुहोस्