- १३ श्रावण २०७९, शुक्रबार २१:५७
साउन १३, काठमाडौं, । प्राज्ञिक विद्यार्थी परिषद, नेपाल धादिङ नीलकण्ठ नगरको आयोजनामा नीलकण्ठ नगरपालिकामा व्यक्तित्व विकास तालिम आयोजना भएकाे छ ।
नीलकण्ठ नगरपालिका भित्र रहेका क्याम्पसहरूमा अध्ययनरत विद्यार्थीहरूलाई लक्षित गर्दै जीवन उपयोगी सीपमा आधारित व्यक्तित्व तथा नेतृत्व विकास तालिम साउन १३ र १४ दुई दिन संचालन हुने विद्यार्थी परिषद्ले जनाएको छ । तालिमकाे उदघाटन समारोहमा निलकण्ठ नगरपालिकाका प्रमुख भीमप्रसाद ढुंगाना, विद्यार्थी परिषदका राष्ट्रिय संगठन सचिव नारायणप्रसाद ढकाल, महासचिव छितराज न्यौपानेकाे विशेष उपस्थिति रहेकाे थियोे । भयाे । तालिममा विभिन्न कलेजमा अध्ययनरत १२० प्रशिक्षार्थी उपस्थित भएका छन् ।
तालिम नीलकण्ठ नगरपालिकाकाे समन्वयमा त्यस क्षेत्रकाे विद्यार्थीहरूलाई सीप सिकाउने उदेश्यले विद्यार्थी परिषद्ले संचालन गरेकाे परिषद्का नीलकण्ठ नगरका सचिव नारायण कुमार श्रेष्ठले जनाएका छन् । विद्यार्थी परिषद् व्यत्तित्व र नेतृत्व विकास तालिममा, सकारात्मक साेचाई, प्रभावकारी संचार, तनाव नियन्त्रण ,अन्तरव्यत्तिगत सम्बन्ध , कुशल नेतृत्व क्षमताकाे विकास, गुण र चारण , रचनात्मक कृयाकलाप लगायतकाे विषयमा प्रशिक्षण दिदै आइरहेको छ ।











प्रतिकृया दिनुहोस्