- ३ श्रावण २०७९, मंगलवार २१:०६
श्रावण ३| लामो समयदेखि बिभिन्न आवास तथा व्यापारिक निर्माण क्षेत्रमा अग्रसर रहि अविच्छिन्न रुपमा निर्माण कार्य गर्दै आईरहेको एसवन ग्रुप अफ कम्पनीले अव रियल स्टेट क्षेत्रमा पनि काम गर्ने भएको छ ।
साथै सोही क्रममा यही श्रावण ६ गते शुक्रवारको दिन मोवाईल Application सार्वजनिक गर्ने भएको छ ।
हाल नेपालमा घर जग्गा सम्वन्धि कारोवारको अनियमितता तथा अपारदर्शिता वढ्दै गईरहेकोले यसलाई रोक्न राज्यले आधिकारीक बिक्रेता मार्फत घर जग्गा कारोवार गर्ने निर्णय पारित गरेसंगै एसवन ग्रुपले घरजग्गा सम्वन्धि कारोवारमा सक्रियता वढाउन लागेको हो ।
फिजिकल तथा डिजिटल युगमा मोवाईल एप तथा वेवसाईड मार्फत घर जग्गा कारोवारको बिबरण राखी कारोवारलाई करको दायरामा ल्याउन तथा राज्यलाई समेत कर असुलउपर गर्न टेवा पुग्ने कम्पनीका अध्यक्ष श्री सुरज न्यौपानेले वताउनु भयो ।
उक्त ६ गते हुने भनिएको कार्यक्रममा उद्योग संघ, उद्योग बाणिज्य संघ तथा बस्तुगत संघ, कलेज, बैक, हस्पिटल तथा ब्यवसायिक संघ जोडिएको बिशिष्ठलाई निमन्त्रणा गरिएको वताउनुभयो ।
साथै २ दशक लामो ईन्जिनियर पेशामा आवध्द भई राष्ट्रिय तथा अन्तराष्ट्रिय बिकासको ईन्जिनियरिङ कार्यमा कृयाशिल योगदान पुर्याउनु भएका ईन्जिनियर श्री कुलमणि आचार्यले एसवन होम्स अमेरिकामा पनि बिगत १ वर्षदेखि संचालनमा गर्दै आउनु भएको छ ।
उहांले सोही अवसर पारी अमेरिका र नेपाल बिचको निर्माण तथा रियल स्टेटको लागी पोलिसीको निमित्त आफ्नो अनुभव राख्नु हुने कार्यक्रम रहेको छ ।










प्रतिकृया दिनुहोस्