- २६ जेष्ठ २०७९, बिहीबार १५:२४
जेठ २६, काठमाडौं । निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउनका लागि दबाबका सृर्जना गर्न निजगढ सराेकार समाज समितिकाे डेलिगेसन टाेलीले सिंहदरबारमा अर्थमन्त्री जनार्दन शर्मा र सांस्कृतिक तथा पर्यटन मन्त्री प्रेम आलेलाई भेटेका छन् ।
एक बहादुर श्रेष्ठ र पुर्व युवा तथा खेलकुदमन्त्री पुरूषाेत्तम पाैडेलकाे नेतृत्वमा गएकाे टाेलिले सर्वाेच्च अदालतले विमानस्थल बनाउन राेक लगाए पछि निजगढमा विमानस्थल बनाउनु पर्छ भन्दै सरकारलाई दवाव दिन पर्यटन मन्त्री प्रेम आले र अर्थमन्त्री जनार्दन शर्मालाई भेटेका छन् ।
डेलिगेसन टाेलिले भेटमा निजगढ विमानस्थल जसरी बन्नु पर्ने र त्यसका लागि काम छिटो सुरू गर्नका लागि पर्यटन मन्त्री प्रेम आलेलाई माग गरेकाे छन । साथै किन के कारणले राेकिएकाे त्यस बारे पनि सरकारकाे आधिकारिक धारण माग गरेकाे छन् । भेट कुरा राख्दै पुर्व मन्त्री पुरूषाेत्तम पाैडेलले बाहिर मिडियामा आए जति वन विनाश नहुने र त्यस क्षेत्रका सम्पूर्ण जनताहरूले विमानस्थल छिटाे चाहेकाे प्रष्ट पारेका थिए । पर्यटन मन्त्री प्रेम बहादुर आलेले भने मन्त्रालय निजगढ विमानस्थल बनाउन सधैं चाहिँ रहेकाे र त्यसका लागि अर्थमन्त्रालयले बजेट छुट्याउने बित्तिकै काम सुरू गर्ने प्रतीबध भएकाे प्रष्ट पारे । साथै उनले विमानस्थल बनाउनका लागि बजेट छुट्याउनका लागि अर्थमन्त्रालयमा पत्र पनि काटि सकेकाे बताए । 
अर्थमन्त्री जनार्दन शर्माले “भने अहिले आतिनु नपर्ने र विमानस्थल बन्ने विषयमा ढुक्क हुन आग्रह गरेका छन् । विमानस्थल बनाउने विषयमा सकार गम्भीर रहेकाे र त्यसकाे लागि लगानी बाेर्डबाट विमानस्थल बनाउने कुरा अगाडि बढाउने सकारले पनि नीति तथा कार्यक्रममा समावेश गरेकाे उल्लेख गर्नु भयाे” । सर्वाेच्च आदालतले निजगढमा विमानस्थल नबनाउन आदेश दिए पश्चात् निजगढ लगायत बारा जिल्लाका स्थानीयहरूले विगत १५ दिन देखि पुर्वपश्चिम राजमार्गमा निरन्तर प्रदर्शन गर्दै आइरहेका छन् । साथै जेठ २४ गतेदेखि निजगढका स्थानीयहरूले रिले अनशन पनि सुरू गरेका छन् ।










प्रतिकृया दिनुहोस्