- २६ जेष्ठ २०७९, बिहीबार ११:०२
जेठ २६, काठमाडौं । बुढानिलकण्ठ नगरपालिका वडा नं ८ मा भैरहेको जग्गा प्लटिङको लापरवाहीका कारण स्थानीयहरुले निकै ठुलो सास्ती खेप्नु परेको छ। नगरपालिकाले आफ्नो क्षेत्र भित्र कुनै पनि जग्गा प्लानिङ्ग र प्लटिङ गर्न नपाउने भनेर गरेको निर्णयलाई वेवास्था गर्दै सो क्षेत्रमा भैरहेको कार्यले गर्दा भर्खर निर्माण सम्पन्न भएको सडकको अवस्था समेत खराव बनेको छ।
बुढानिलकण्ठ नगरपालिका वडा नं ८ कागज कारखाना क्षेत्रमा रहेका घरहरुमा अहिले डोजर चलाएर प्लटिङले चलाएको माटोको लेदो छिरेर निकै दुख दिएको भन्दै स्थानीयहरुले आक्रोस ब्यक्त गरेका छन भने नगरले लाखौ खर्च गरेर बनाएको सडक समेत जिर्ण बन्दै गएको छ ।
सो क्षेत्रमा गरिएको प्लटिङका कारण हिलो र लेदो सडक र घरमा जम्मा भए संगै विद्यालय तथा कलेज जाने विद्यार्थीहरुलाई हिड्न समेत निकै कस्ट रहेको स्थानीयहरुले बताएका छन् । यस्तै अवस्था हाे भने पछि ठुलो समस्या भोग्नु पर्ने जोखिम रहेको छ।
नगरपालिकाको पाली बाट छर्लंग देखिने सो स्थानमा भैरहेको प्लटिङ र त्यसले पारेको असरका वारेमा भने अहिले सम्म सरोकारवाला पक्षले कुनैपनि पहलकदमी वा कारवाहीको प्रयास समेत नगरेकोमा स्थानीयहरु निकै आक्राेसित बनी प्रदर्शनको तयारी गरेको एक पिडित स्थानीयले बताएका छन ।
रातदिन सो प्लटिङमा डोजर चलाउदा दैनिक जीवन यापनमा समेत असर पुगेको बताउदै ति स्थानीयले सडकमा चल्ने टिपरका कारण सडक जिर्ण बन्नुका साथै अन्य जोखिम बढेकोले सम्बन्धित निकायको ध्यानाकर्षण समेत गराएका छन।











प्रतिकृया दिनुहोस्