- २२ जेष्ठ २०७९, आईतवार ०७:२५
जेठ २१, काठमाडौं । प्राज्ञिक विद्यार्थी परिषद् नेपाल काठमाडौँ महानगर इकाईले नेसनल ल कलेजमा व्यक्तित्व एवम् नेतृत्व विकास तालिम सम्पन्न गरेकाे छ ।
शनिबार त्रिभुवन विश्वविद्यालय विद्यार्थी कल्याण एवं खेलकुद निर्देशक प्राध्यापक पशुपति अधिकारीज्युकाे प्रमुख अतिथ्यमा संचालन भएको एक दिने व्यत्तित्व तथा नेतृत्व विकास तालिममा ल कलेजमा अध्ययन गर्ने विद्यार्थीहरूलाई तालिम प्रदान गरेकाे हाे ।
असल र कुशल नेतृत्व आजकाे आवश्यकता रहेकाेले युवा विद्यार्थीहरूलाई उनिहरूकाे व्यतित्व र नेतृत्व विकास गर्ने उदेश्यले विद्यार्थी परिषद् काठमाडौं महानगर समितिले नेसनल ल कलेजका विद्यार्थीहरूलाई आत्माजारण, तनाव व्यवस्थापन , रचनात्मक खेलहरू, सकारात्मक साेचकाे विकास, निर्यण लिने क्षमताकाे विकास, अन्तरव्यक्ति सम्बन्ध, सम्वेग नियन्त्रण , सामुहिक अभ्यास जस्ता महत्त्वपूर्ण विषयबस्तुहरूमा प्रदान गरेकाे थियोे ।
काठमाडौं महानगर समितिद्वारा आयोजना गरिएको एक दिने तालिममा विद्यार्थी परिषद्का राष्ट्रिय सह संगठन सचिव रमेश कण्डेल, प्रमुख अतिथिमा त्रिभुवन विश्वविद्यालय विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक प्राध्यापक पशुपति अधिकारी, परिषदका राष्ट्रिय महासचिव श्री छितराज न्यौपानेज्यू, राष्ट्रिय सचिव नारायण तिमिल्सिनाज्यू, केन्द्रीय कार्यालय प्रमुख निरञ्जन सोतीकाे उपस्थितिमा महानर सहसचिव भानु प्रकाश जाेसीकाे संयाेजकत्वमा सञ्चालन भएको थियोे । तालिम कानुन संकायकाे स्नातक तहमा अध्ययनरत विद्यार्थीहरूको विचमा सञ्चालन गरिएको कार्यक्रम संयाेजक भानु प्रकाश जाेसीले जानकारी गराएका छन् ।










प्रतिकृया दिनुहोस्