- १८ जेष्ठ २०७९, बुधबार २१:०२
जेठ १८, काठमाडौं । शिक्षा मन्त्रालयद्वारा जारी संस्थागत विद्यालय मापदण्ड तथा सञ्चालन (संशोधनसहित) निर्देशिका २०६९ को परिच्छेद ९६ बमोजिम संस्थागत विद्यालयहरुले संस्थागत विद्यालयहरुले कुल विद्यार्थी संख्याको १० प्रतिशतमा नघटाई जेहेन्दार, विपन्न, असहाय तथा गरिव, अपाङ्ग, महिला, दलित, जनजाति, द्वन्द्वपीडित र सहिद परिवारका विद्यार्थीलाई समावेशी आधारमा छात्रवृत्ति उपलब्ध गराउनुपर्ने व्यवस्था छ ।
यसका अलवा स्वेच्छिक रुपमा छात्रवृत्ति दिने कलेजहरूको परीक्षा सञ्चालन गर्ने र म्याचिङका आधारमा कलेजलाई छात्रृत्तिका लागि सिफारिस गर्ने छ । इडियु सञ्जालको संयोजन र काठमाडौं मोडेल सेकेन्डरी स्कूल–बालकुमारीको प्रायोजन र कलेज अफ बिजनेस म्यानेजमेन्ट,, द ब्रिटिश कलेज, टेक्सास इन्टरनेशनल कलेज, र प्रिमियर कलेजको सहप्रयोजनमा छात्रवृत्ति अभियान सञ्चालन गर्न लागिएको इडियु सञ्जालका कार्यकारी अधिकृत बिदुर आचार्यले जानकारी दिए । आचार्यका अनुसार कक्षा ११ र १२ का विद्यार्थीलाई निवेदन सङकलन गर्ने, कलेजहरूको बारेमा विद्यार्थीलाई जानकारी दिने र विद्यार्थीलाई कलेज भर्नामा मेरिटका आधारमा सिफारिस गर्ने लक्ष्यका साथ छात्रवृत्रि अभियान सञ्चालन गरिएको कार्यकारी अधिकृत आचार्यले जानकारी दिए । यसका लागि प्रायोजक तथा सहप्रायोजक बाँहेक धेरै कलेज सम्पर्क आएका छन् ।










प्रतिकृया दिनुहोस्