- १६ जेष्ठ २०७९, सोमबार ०९:३५
जेठ १६, काठमाण्डौं । काठमाण्डौंको तारकेश्वर नगरपालीका ७ फुटुङ, नमुना टोलमा म्युजीयम सहितको एमडिएस बहुउदेश्यीय कृषि तथा सिकाइ केन्द्र सञ्चालनमा आएको छ ।
एम.डि.एस एन्जल्स इन्भेष्टमेन्ट प्रा.लिको करिब ३ करोडको लगानीमा सञ्चालनमा आएको उक्त म्युजीयम सहितको कृषि तथा सिकाइ केन्द्रको तारकेश्वर नगरपालीकाका मेयर कृष्णहरी महर्जनले शनिबार उदघाटन गर्नुभयो ।
उदघाटन गदै मेयर मर्जजनले बिभिन्न कला, संस्कृति र रितिरिवाज समेतलाई जोडेर तयार पारीएको म्युजीयम सहितको कृषि सिकाइ केन्द्र अत्यन्त मनमोहक रहेको भन्दै आफुलाई पनि प्राङण छाडेर जान मन नलागेको बताउनुभयो ।
सिकाइकेन्द्र मार्फत विद्यार्थीहरुले सैदान्तीक ज्ञान प्राप्त गर्न सहयोग गर्नेमा विश्वास व्यक्त गदै मेयर मर्हजनले तारकेश्वरका २१ सामुदायी र ५२ संस्थागत बिद्यालय सहित देशकै विद्यालयहरुले अबलोकन गर्ने उत्कृष्ट स्थल बनेको बताउनुभयो ।

कार्यक्रममा सहभागीहरुलाई स्वागत गदै एम.डि.एस एन्जल्स इन्भेष्टमेन्ट प्रा.लिका उपाध्यक्ष लिल बहादुर पुनले म्युजीयम सहितको एमडिएस बहुउदेश्यीय कृषि तथा सिकाइ केन्द्र देशै भरीका विद्यार्थीहरुको अध्ययन केन्द्रको रुपमा रहने बताँउदै अध्ययन अवलोकनको लागि आउन सबैलाई आग्रह गर्नुभयो ।
एम.डि.एस एन्जल्स इन्भेष्टमेन्ट प्रा.लिका अध्यक्ष रामबहादुर जुग्जाली मगरले अध्ययन केन्द्र सहितको मिनि फनपार्क एउटा डेमो मात्र भएको बताँउदै प्रदेश र केन्द्रीय सरकारको सहयोगमा आफुहरुले ५ सय रोपनी क्षेत्रफलमा नमुना काम गर्न चाहेको बताउनुभयो ।
कस्तो छ म्युजीयम सहितको कृषि तथा सिकाइकेन्द ?
काठमाण्डौंको तारकेश्वर नगरपालीका ७ फुटुङ, नमुना टोलमा निर्माण भएको म्युजीयम सहितको कृषि तथा सिकाइ केन्द्र पुर्ण रुपमा सञ्चालनमा आउन अझै दुई हप्ता लाग्ने सञ्चालकहरुले बताएका छन् । निर्माणका कार्यहरु पुरा भएपनि प्रवेश शुल्क लगायतका कतिपय व्यवस्थापकीय कुराहरुका बारेमा निर्णय गर्न बाँकी रहेकाले पुर्ण रुपमा सञ्चालनमा आउन समय लाग्ने बताइएको छ ।
एम.डि.एस एन्जल्स इन्भेष्टमेन्ट प्रा.लि मार्फत ४६ जना लगानीकर्ताको सहभागीतामा म्युजीयम, एग्रीकल्चर र प्रडक्सनका प्रोजेक्टहरु सञ्चालन हुने छन् । म्युजीय सहितको ४ रोपनी क्षेत्रफलको कम्पाउण्ड भित्र प्रवेश गरिसकेपछि बिभिन्न धर्मसंस्कृति, भाषा, भेषभुसा र परम्परा सहितको म्युजीयम, कल्चरहाउस, साइन्स एण्ड आर्टको फ्याक्ट्री,सेल्फी स्पर्ट, गार्डेन लगायतका कुराहरु रहेका छन् । गेटबाट प्रवेशसंगै बालबालीकाहरुलाई खेल्नको लागि गार्डेन, बिभिन्न खेलका सामग्रीहरु रहेका छन् । गेटबाट प्रवेश गरेपछि बाँया छेउमा कल्चर हाउस रहेको छ । जहाँ गाँउघरमा परम्परादेखी प्रयोग गदै आइरहेका घरायसी सामग्रीहरु, दैनिक काममा प्रयोग हुने परम्परागत सामग्रीहरुको संग्रह गरिएको छ ।











प्रतिकृया दिनुहोस्