- १० जेष्ठ २०७९, मंगलवार २१:१८
जेठ १०, काठमाडौं । नेपाल सरकारले सामुदायिक विद्यालयलाई इन्टरनेट शुल्कमा ५० प्रतिशत छुट दिने भएको छ । त्यसैगरी सरकारले आगामी वर्षदेखि दिवा खाजा कार्यक्रमलाई कक्षा आठसम्म लागु गरिने भएको छ ।
आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम ब्यबस्थापिका संसदमा प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले यस्तो निर्णय गरेकी हुन्।
सरकारले ग्रामीण दूरसञ्चार विकास कोषको प्रयोग गरी इन्टरनेट जडानको काम सम्पन्न भइसकेको देशभरका सामुदायिक विद्यालय र अस्पतालमा इन्टरनेटको न्यूनतम शुल्कमा ५० प्रतिशत छूट दिने नीति तथा कार्यक्रम सरकारले सार्वजनिक गरेको हो ।
त्यसैगरी आगामी वर्षदेखि दिवा खाजा कार्यक्रमलाई कक्षा ८ सम्म लागु गरिने भएको छ । नीति तथा कार्यक्रममा आधारभूत तहदेखि उच्च शिक्षा सम्मको शिक्षण सिकाइ कार्यक्रम सुधाुर गरिने, विद्यालय क्षेत्र सुधार कार्यक्रम कार्यान्वयन गरिने उल्लेख गरिएको छ।
नीति तथा कार्यक्रममा सरकारले सामुदायिक विद्यालयमा अङ्ग्रेजी, विज्ञान र प्राविधिक धारको शिक्षक व्यवस्थापन गर्ने समेत घोषणा गरेको छ । पूर्वाधार विकासमा जोड दिइने, मदरसा गुम्बा लगायतका विद्यालयलाई विद्यार्थीका आधारमा अनुदान दिइने नीति तथा कार्यक्रममा घोषणा गरिएको छ।
राष्ट्रपती द्वारा प्रस्तुत गरिएको नीति तथा कार्यक्रममा पढ्दै कमाउँदै कार्यक्रमलाई थप विस्तार गरिने, राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम परिमार्जन गरिने, कक्षा ९ देखि स्नातक तहसम्मको पाठ्यक्रम परिमार्जन गरिने घोषणा गरेको छ।










प्रतिकृया दिनुहोस्