- ९ जेष्ठ २०७९, सोमबार १८:५२
बूढानीलकण्ठ नगरपालिका वडा नं.११ कपन हाईटमा रहेको इसाईहरूकाे ईश्वरीय मार्ग भजन मण्डलीले ध्वनि प्रदुषण गरेर टोल समाजको शान्ति खल्बलाएको भनेर स्थानीयवासीले विरोध गरेका छन्।
लामो समयदेखि सच्चाई केन्द्रको नाममा जग्गा भाडामा लिएर ट्रस निर्माण गरि विभिन्न रोगहरु निको हुने भ्रम फैलाएर क्रीस्चियन धर्म प्रचारप्रसार गर्ने उदेश्यले ईश्वरीय मार्ग भजन मण्डली समूह संचालन हुँदैआएको स्थानीयवासी बताउँछन्।
नेपालको धार्मिक स्वतन्त्रतालाई मध्येनजर गरेर हेर्ने हो भने कसैको धर्मप्रतिको रुचिमा हस्तक्षेप गर्न पाइदैन। अदालतले पनि आफ्नो धार्मिक आस्थाअनुसार कार्यक्रम गर्न पाउने तर अरुलाई बाधा नपुर्याई गर्न भनेपनि त्यसको अवहेलना गर्दै ठुलोठुलो गरि चर्को आवाजमा साउण्ड सिस्टम बजाएर छरछिमेक र पुरै बस्तीमा बस्ने सबैलाई ध्वनि प्रदुषण गरेर वाधा पुर्याएकोले बाध्य भएर विरोधको कार्यक्रम गर्नुपरेको समाजसेवी श्यामकुमार श्रेष्ठले बताए।
विशेष गरि बुधवार र शनिबार अत्यन्तै भिडभाड गरि करिब हजारौं मानिसको उपस्थिति हुनेगरेको चर्को आवाजमा माइक बजाउने गरेको कारण सानासाना बालबालिकाको पढाइमा बाधा पुग्नुको साथै जेष्ठ नागरिक मुटुका समस्या भएका बिरामीलाई समेत धेरैभन्दा धेरै वाधा पुगेको गुनासो स्थानीय वासिन्दाको रहेको छ। चर्को आवाजमा माइकहरु बजाएर कार्यक्रम गर्दा स्थानीय टोलवासीलाई वाधा पुगेर अत्यन्तै गाह्रो भएकोले सानो आवाजमा साउण्ड सिस्टम बजाउन अनुरोध गर्दा सच्चाई केन्द्रका मानिसहरूले धम्काउने गरेको स्थानीयवासीहरुले बताए। त्यसैले स्थानियबासीले सहमति नभएसम्म त्यहा कार्यक्रम संचालन गर्न नदिने अडान लिएका छन्।










प्रतिकृया दिनुहोस्