- ८ जेष्ठ २०७९, आईतवार १६:१२
जेठ ८, काठमाडौं । आगामी बजेटमा कर्मचारीहरुको तलब केही मात्रामा बढ्ने भएको छ । महङ्गीको अनुपातमा निजामती कर्मचारी, शिक्षक, सेना र प्रहरीको तलब हल्का बढाउन भन्दै हिजो मुख्य सचिवको कार्यकक्षमा बैठक बसेको छ ।
जेठ १५ गते संसदमा अर्थमन्त्रीले वाचन गर्ने आगामी आर्थिक वर्षको बजेट भाषणमा कर्मचारीको तलब बढाउने भन्दै बैठक डाकिएको हो । दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मुख्यसचिव शंकरदास बैरागीको अध्यक्षतामा तलब भत्ता पुनरावलोकन समितिको बैठक बसेको हो ।
दिउँसो ४ बजेदेखि झण्डै आधा घण्टा बसेको बैठकमा तलब बढाउन आवश्यक रहेको निश्कर्ष निकालिएको बुझिएको छ ।
सम्वन्धित समाचारहरु
ताजा समाचार
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement










प्रतिकृया दिनुहोस्