- ६ जेष्ठ २०७९, शुक्रबार १८:१५
जेठ ६, काठमाडौं । बुढानिलकण्ठ नगरपालिकामा निर्वाचित भएका सबै वडाका ६७ जनै जनप्रतिनिधिले सपत ग्रहण गरेका छन् ।
शुक्रबार बुढानिलकण्ठ नगरपालिकाकाे कार्यालयकाे प्रङगणमा एक सपत ग्रहण समारोह आयाेजना गरी स्थानीय निर्वाचन २०७९ मा बुढानिलकण्ठ नगरपालिकाकाे १३ वटै वडाबाट अलग अलग पार्टिहरूबाट निर्वाचित भएका वडा अध्यक्षहरू वडा सदस्यहरू र उप मेयरहरूले बुढानिलकण्ठका नव निर्वाचित मेयर मिठारा अधिकारीबाट सपत ग्रहण गरेका हुन ।
बुढानिलकण्ठ नगरपालिकाका नगरवासी, विभिन्न राजनीति दलका प्रतिनिधिहरू , पत्रकार, बुद्धिजीवी वर्ग , नगरपालिकाका कर्मचारीहरू, निवर्तमान मेयर उप मेयरकाे उपस्थितिमा जननिर्वाचित प्रतिनिधिहरूले इश्वर , देश र जनताकाे नाममा सपम ग्रहण गरेका थिए ।
सपत ग्रहण कार्यक्रममा अलग अलग राजनीति दलका नेताहरूले बुढानिलकण्ठ नगरपालिकालाई सुन्दर,शान्त र समृद्धि नगरपालिका बनाउन निरन्तर लाग्नु पर्ने र जनतकाे शासक नभई सेवक बनेर काम गर्नका लागि अग्रह गर्दै राम्रो कामका लागि निरन्तर साथ र सहयोग गर्ने कुरा व्यत्त गरेका थिए ।
साथै सपत ग्रहण कार्यक्रममा नवनिर्वाचित उप मेयर अनिता लामाले अब पुर्वाधार निर्माण भन्दा पनि सामाजिक र सांस्कृतिक विकासमा जाेड दिने र बुढानिलकण्ठमा भएको जलाधार क्षेत्र संरक्षण गर्ने, युवा उद्यमशिलता विकास गर्ने, अलग अलग समुदायको धार्मिक सांस्कृतिक सँगै नेवारी गुठिहरू संरक्षण गर्नका काली पहिलो कदम अगाडि बढने बताउनु भएको थियोे ।
त्यसैगरी कार्यक्रम नवनिर्वाचित मेयर मिठाराम अधिकारीले सबै सँग मिलेर सबैदललाई साथमा लिएर आजैकाे दिन देखि दिनकाे १८ घण्टा काम गर्ने र जनतालाई परेकाे हरेक समस्यालाई समाधान गर्न जतिसुकै बेला पनि फाेन उठान तयार रहेकाे बताउनु भएको थियाे । फाेटाे फिचर 











प्रतिकृया दिनुहोस्