- ४ जेष्ठ २०७९, बुधबार ०८:५३
काठमाडौ । टोखा नगरपालिकाको मेयरमा पुनः नेकपा एमालेका प्रकाश अधिकारी विजयी भएका छन्। प्रकाश अधिकारी २०७४ को स्थानीय निर्वाचनमा पनि मेयरमा बिजयी भएका थिए ।
त्यस्तै नेपाली कांग्रेसकी मेयर उम्मेदवार रजनी थापालाई १ सय ७४ मतले हराउँदै अधिकारी निर्वाचित भएका छन।
अधिकारीले १० हजार ३४० मत प्राप्त गर्दै मेयर पदमा विजयी भएका हुन् ।भने कांग्रेसकी रजनी थापाले १० हजार १६६ मत ल्याएकि हुन् ।
यस्तै उपप्रमुखमा नेपाली कांग्रेसका मुरारी तामाङ १० हजार १३२ मतका साथ विजयी भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी ज्ञानमाया डंगोलले ९५१८ मत प्राप्त गरिन्।
सम्वन्धित समाचारहरु
ताजा समाचार
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement










प्रतिकृया दिनुहोस्