- ३ जेष्ठ २०७९, मंगलवार २३:००
३ जेठ, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले काठमाडौंको शंखरपुर नगरपालिकाको मेयर जितेको छ ।
मंगलबार साँझ सकिएको मतगणनामा राप्रपाका रमेश नापित ४७०० मतका साथ निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी एकीकृत समाजवादीका लक्ष्मीप्रसाद श्रेष्ठले ४२०२ मत ल्याए । उनलाई नेपाली कांग्रेसको समेत समर्थन थियो । नेकपा एमालेका कृष्णलाल बजगाईंले ३६२२ र माओवादी केन्द्रका मधु केसीले २२४४ मत पाएका छन् । उपप्रमुखमा भने कांग्रेसकी समिता श्रेष्ठ निर्वाचित भइन् । उनका निकटतम प्रतिद्वन्द्वी राप्रपाकी विजयकुमारी वाइवाले ३२९८ मत ल्याउँदा एमालेकी लक्ष्मी केसीले २९४३ र माओवादी केन्द्रकी चण्डिका चौलागाईंले २२६२ मत पाइन् ।
सम्वन्धित समाचारहरु
ताजा समाचार
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement










प्रतिकृया दिनुहोस्