- २९ बैशाख २०७९, बिहीबार १८:५३
वैशाख २९, काठमाडौं । नारायण प्रसाद ढकाल निर्वाचन लाेकतान्त्रिक पद्धतिमा विश्वास राख्नेहरूकाे लागि महत्त्वपूर्ण आधार मानिन्छ,जनता सचेत,शिक्षित र राष्ट्र प्रथम भावना र अवस्था हुँदा याे व्यवस्था र पद्धति राम्रो र उत्कृष्ट पनि हाे, नेपालमा २०४६ पछि निरन्तर रूपमा संवैधानिक व्यवस्था अनुसार निर्वाचनहरू भईरहेका पनि छन, जुनरूपमा सुरूवातका समयहरूमा निर्वाचन ,राजनीति विचारधारा र समग्र प्रक्रियामा जनता र सराेकारवालाहरूकाे सक्रियता, चासाे ,निश्वार्थता र भावनात्मक लगाव थियाे त्याे परिस्थिति आजका दिनमा अत्यन्तै कमजाेर अवस्थामा आईपुगेकाे अनुभव हामीसवैले गरिरहेका नै छाै ।
त्यसकाे कारण हामीले लाेकतन्त्रकाे व्यवस्थापन राम्राे संग गर्न सकेनौं,खासगरी राजनीति दल र तिनकाे नेतृत्व गर्नेहरूले लाेकतन्त्रकाे आवश्यकता,मर्यादा,अनुशासन र संस्कारलाई वुझ्न सकेनन भने जनता,राष्ट्रिय संयन्त्र, पत्रकारिता र हामीसबैले पनि आ-आफ्ना स-साना स्वार्थहरूमा फसेर लाेकतन्त्र करिव करिव ध्वस्त बनायाैं, आखिर किन यस्ताे भयाे त भनेर लामाे अध्ययन र चिन्तनबाट एउटै निस्कर्ष निस्कन्छ लाेकतन्त्रकाे दिव्यतालाई वुझ्न र सदुपयाेग गर्न हामी याेग्य र इमानदार काेही पनि वन्न सकेका रहेनछाैँ , न जनता, न दल, न नेता , न प्रशासक, न न्यायलय ,न सुरक्षा, न अरूकाेही त्यसमा राजनीति दल र नेतृत्व गर्नेहरू अरूभन्दा बढि जिम्मेवार छन किनकि उनिहरूलाई जनताले विश्वास गरेर चलाउने महत्त्वपूर्ण दायित्व दिएका थिए, आजकाे दिनमा उनिहरू जिम्मेवारी लिन सक्ने र सुधार्न सक्ने परिस्थिति मा पनि छैनन् किनकि आज उनिहरूसँग त्याे नैतिकता र चरित्र पनि रहेन, अब कसरी अगाडि वढ्ने र लाेकतन्त्रलाई व्यवस्थित रूपमा अगाडि बढाउने त त्यसकाे फेरीपनि महत्त्वपूर्ण दायित्व जनतामा नै निहित छ ।
जनताले निस्वार्थ भएर इच्छा राख्दा जस्ताे सुकै परिवर्तन हुन सक्दछ, त्यसैले पुन: त्याे ऐतिहासिक दायित्वलाई जनताले पूरा गर्नुपर्ने आजकाे राष्ट्रिय दायित्व पनि हाे, आज जनताले संकल्प गर्नुपर्छ म जन्मिदा कुनै पार्टीको झण्डा वाेकेर जन्मेकाे हाेईन नेपाल आमाकाे काखमा जन्मेकाे हुँ नेपालकाे झण्डा मसँग जाेडिएकाे थियाे र मर्दा पनि जाेडिने छ त्याे झण्डालाई सधैँ उच्च र सम्मान जनक अवस्थामा राख्नु मेराे राष्ट्रिय दायत्व हाे राजनीति पार्टी भनेका परिवर्तनशील हुन आज छन भाेलि नहुन पनिसक्छन् । अरू नयाँ पनि आउन सक्छन् ।
केही पार्टीले न्वारनकाे नाम पनि स्वार्थ अनुसार परिवर्तन गर्दै जान्छन तर मेराे देश सुर्य र चन्द्र अनि याे पृथ्वी रहेसम्म रहिरहन्छ,त्यसैले हामीले निर्वाचनमा गलत व्यक्तिलाई निरूत्साहित गर्नु नै पर्छ, हामी सवैले गलत व्यक्ति चिनेका नै छाै ,भ्रष्टाचार गर्नेलाई चिनेका नै छाै,व्यविचार गर्ने चिनेका छाै, राष्ट्रलाई संस्कृतिलाई कमजाेर वनाउनेलाई चिनेका छाै चुनावमा एक दिन आफ्नाे स्वार्थ पूरा गर्न नमस्कार गर्न आउनेलाई हाेईन, पैसा र प्रलोभन देखाउनेलाई हाेईन, विदेशी विचार वाेकेकालाई हाेईन, विदेशबाट सञ्चालितलाई हाेईन,परीक्षा दिई फेल भएकालाई हाेईन अशल ,चरित्रवान, संस्कृतिलाई सम्मान गर्ने ,विकाउ नभएका र भाेलि जनताले कार्वाही र नियन्त्रण गर्नसक्ने व्यक्तिलाई मत दिएर आफ्नाे शासन आफैँ गर्ने लाेकतन्त्रकाे याे पर्वलाई सवैले उत्साह र उमङ्गकासाथ सहभागी भई सफल बनाओैँ । ( लेख प्राज्ञिक विद्यार्थी परिषद् नेपालका राष्ट्रिय संगठन सचिव एवम् राजनीति विश्लेषक हुनु हुन्छ । )
लाेकतन्त्रकाे जय !
नेपाल आमाकाे जय।










प्रतिकृया दिनुहोस्