- २५ बैशाख २०७९, आईतवार २०:१६
वैशाख २४, काठमाडौं । बुढानिलकण्ठ नगरपालिकाकाे उम मेयर पदमा उम्मेदवारी दिएकी रमिला वाग्ले खडकाकाे जित सुश्चित भएको देखिएकाे छ ।
निकै शालिन , भद्र र वैचारिक रूपमा परिपक्व रमिला वाग्ले विगतमा बुढानिलकण्ठ नगरपालिका वडा नम्बर ४ बाट वडा सदस्यकाे पदमा विजयी भएर महिलाहरूकाे र न्यायीक क्षेत्रमा उदाहरणीय कार्य गरेकी रमिला वाग्लेले यति खेर उपमेयरका लागि घरदैलोमा दाेडधुप गरिरहेकी छिन ।
उनि बसेकाे बुनपा ४ का वडा बासीले रमिलाले विगतमा गरेकाे कामहरूकाे निकै प्रशंन्सा गर्दै यश पटक उनलाई उपमेयरमा जिताएर सम्पूर्ण नगर भित्र उदारणिय कार्य गर्नका लागि आतुर भएको एक स्थानीयले बताए ।
उसाे त वडा न ४ बासीकाे साथ मात्र हाेइन रमिलालाई अन्य वडाका दिदिबहिनीहरूले पनि उतिकै साथ र सहयोग गरेकाे देखिन्छ भने बृद्व आमाहरूले त धेरै आशा रहेकाे र जसरी पनि विजयी बनाउछाैँ भनेर आशिर्वाद दिईरहेका छन् । उनलाई वडा न ४, ६ , ३ ,कपन क्षेत्र १०, ११, १२, १३ मा बहुमति आउने हाम्रो एक सर्भेले बताएकाे देखिन्छ । हामीले अलग/अलग ठाउँका मानिसहरू सँग चुनावी अभियान घरदैलो कार्यक्रममा हिडेका उपमेयर, मेयरकाे विषयमा साेध्दा मेयर भन्दा उप मेयरकाे पक्षमा बढी व्यत्तिहरूले समर्थन गरिरहेकाे पाइएकाे छ ।
रमिला वाग्ले महिला दिदिबहिनीहरूकाे आवाज बनेर उदाहरणीय कार्य गर्ने र अन्यायमा परेका महिला दिदिबहिनीहरूलाई न्याय दिनु पहिलाे कर्तव्य रहेकाे बताउदै आइरहेकि छिन् ।










प्रतिकृया दिनुहोस्