- २४ बैशाख २०७९, शनिबार २२:२९
वैशाख २४, काठमाडौं । जनजाति कल्याण आश्रम नेपालद्वारा संचालित आमाकाे माया छात्राबासकाे १२ ओैँ वार्षिकाेत्सव ललितपुरकाे डिएभि कलेजमा सम्पन्न भएको छ ।
विगत १२ बर्षदेखि सामाजिक कार्य गर्दै आईरहेकाे जनजाति कल्याण आश्रममले विश्वकाे सबै भन्दा चर्चित महाभारत टेलिश्रृङखलामा भगवान श्रीकृष्णकाे भूमिकामा अभिनय गरेका डा.नितीश भारद्वजज्युकाे प्रमुख आतिथ्यमा आमाकाे माया छात्राबास वाग्मती प्रदेशकाे १२ ओैँ वार्षिकाेत्साह कार्यक्रममा सम्पन्न गरेकाे हाे ।
जाउँ बालाैँ दीप त्यहाँ , जहाँ अझै अँध्यारो छ भन्ने मुल नाराकाे साथ जनजाति कल्याण आश्रम नेपालले देशकाे प्रमुख केन्द्रहरूमा आर्थिक स्थिति कमजोर भएको, दुर्गम, गरिब, जनजाति, आमाबाबु गुमाएका बालबालिकाहरूलाई आमाकाे माया छात्रावासद्वारा पुर्वमा विराटनगर , जनकपुर , भरतपुर चितवन, काठमाडौं , धादिङ , नुवाकोट , दाेलखा हुँदै सुदुरपश्चिम काे धनगढी सम्म ११ वटा छात्रावास संचालन गरी ३०० जना विद्यार्थीहरूलाई निशुल्क रूपमा खान बस्न, पढन र उनिहरू सम्पुर्णकाे व्यवस्थापन गरिरहेकाे जनजाती कल्याण आश्रमका महासचिव प्रेमथुलुङले बताउनुभयाे साथै उहाँले जनजाति कल्याण आश्रम नेपाललले देशकाे धर्म संस्कृति, संस्कार, रितिरिवाज सिकाउदै जनजातिहरूकाे क्षेत्रमा धार्मिक र सांस्कृतिक जागरण गर्दै आईरहेकाे उहाँले बताउनु भएको थियोे । 
कार्यक्रममा प्रमुख अतिथि डा.नितिश भारद्वजले नेपाल आएर पशुपतिनाथ भगवानकाे दर्शन गर्न पाएकाेमा धेरै खुसि भएको व्यत्त गर्दै नेपाल र भारत सांस्कृतिक रूपमा एउटै देश भएको र कुनै समय वर्तमान नेपाल ,भारत, पाकिस्तान , श्रीलंका , म्यानमार एउटै देश भएको र त्याे पूरा भारत बर्षकाे रूपमा रहेकाे बताउनु भएको थियोे । उहाँले अहिले आएर देश संचालन गर्न अलग अलग राज्य व्यवस्था सँगै राजनीतिक रूपमा सिमा बनाउनु पर्ने अवस्था भएको र त्याे ठिक रहेकाे उल्लेख गर्नु भयाे । उहाँले याे हामीले नै सिमा बनाएको भन्दै मै ले चाहिँ याे कुनै सिमा नमान्ने र मनुश्य भावकाे कुनै पनि सिमाना नरेकाेले विश्व बन्धुत्वकाे रूपमा साेच्नु पर्ने उल्लेख गर्दै आफुले राजनीति सिमालाई स्वीकारदै धर्म, संस्कृत काे कुनै पनि सिमाना नहुने बताउनु भएको थियोे ।
कार्यक्रम पुशपतिनाथकाे मुल पूजारी भट्ट गणेश रावल , हिन्दु स्वयंसेवक संघ नेपालका राष्ट्रिय सह संघ चालक कल्याण कुमार तिमल्सिना , राष्ट्रिय सह प्रचारक रेवित कुमार, भारतिय दुतवासका प्रथम सचिव , चर्चित टेलीश्रृखला महाभारतका भगवान श्रीकृष्ण ( डा.नितेश भारद्वज ) लगायत समाजका लब्ध प्रतिष्ठित व्यत्तिहरूकाे उपस्थिति रहेकाे थियोे ।










प्रतिकृया दिनुहोस्