SONY DSC
- २२ बैशाख २०७९, बिहीबार २२:२६
बैशाख २२ , काठमाडौं । बुढानिलकण्ठ वडा न.११ मा नेपाली काङ्ग्रेस र माओवादी केन्द्र विच गठबन्धन भएको छ ।
आज साँझ एक बैठक बसी पाँच बुँदे सम्झौता गरेर गठबन्धन भएको हाे । सुरूदेखि नै सहकार्य र गठबन्धन गरेर अगाडि बढने भने पनि आन्तरिक भागबन्डा र असहमतिकाे कारण हुन नसकेकाे र निरन्तरकाे प्रयास पछि नेपाली काङ्ग्रेसका तर्फबाट प्रदेश सभा सदस्य नुछेनारायण श्रेष्ठ, मेयरका उम्मेदवार विनाेद चालिसे, वडा न ११ का वडा अध्यक्षका उम्मेदवार राधेश्याम कार्की , बु.न.पामा क्षेत्र नम्बर ४ ख का सचिव मनाेज सिग्देल र माओवादी केन्द्रबाट वडा न ११ का पार्टी अध्यक्ष कृष्ण कुमार भट्टराई , जिल्ला समन्वय सल्लाहकार सन्तकुमार तामाङ नगर बु.न.पा नगर कमिटी सचिवालय सदस्य जितेन्द्र खडाकाे राेबरमा दुबई पार्टिका वडा अध्यक्षका उम्मेदवारहरूले संयुक्त रूपमा हस्ताक्षर गरि गठबन्धन गरिएको छ ।




साथै माओवादी केन्द्र बु.न.पा ११ का अध्यक्ष कृष्ण कुमार भट्टराईले याे गठबन्धन गर्न सुरू मै तयार भए पनि केही कुराहरूमा सहमति हुन नसकेकाे कारण गठबन्धन नबनेकाे र अहिले आएर सहमति भएको कारणले गठबन्धन गरेकाे बताए । साथै उनले यश गठबन्धनले आगामी दिनमा धेरै राम्रो काम गर्नेमा निश्चित रहेकाे बताए ।
गठबन्धन गरे सँगै बु न.पा वडा ११ मा नेपाली काङ्ग्रेसकाे जित निश्चित रहेकाे र यसले गर्दा बुढानिलकण्ठमा काङ्ग्रेसकाे मेयरकाे जित सुनिश्चित रहेकाे सचिव मनाेज सिग्देलले बताए ।










प्रतिकृया दिनुहोस्