- २२ बैशाख २०७९, बिहीबार १४:३१
बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा बुढानिलकण्ठ नगरपालिका वडा नं १३ मा नेकपा एमालेका तर्फबाट वडा अध्यक्ष पदका उम्मेदवार टिका नारायण श्रेष्ठ चुनिखेललाई “विशेष” बनाउने सपना र संकल्प सहित घर दैलो अभियानमा रहेका छन । श्रीकृष्ण श्रेष्ठकाे नेतृत्वमा ५ वर्षमा भएका उपलव्धिहरुको विवरण र आगामी दिनमा आफुले गर्ने काम र योजनाहरुको लिखित दस्ताबेज लिएर घर घरमा पुगेका उनलाई वडाबासिले स्वागत गरिरहेका छन् । प्रकृति ,पूर्वाधार ,संस्कृति र शिक्षामा वडा नं १३ लाई विशेष बनाउने सपना सार्वजनिक गर्दै चुनावी मैदानमा उत्रिएका टिकेसले लामो समयदेखी सो वडाको राजनीतिक नेतृत्व गरेका छन भने वडाका हरेक विकास निर्माण र सामाजिक उत्थानका अभियानमा काम गर्अदै आइरहेका छन् ।
यस पटकको निर्वाचनमा टिकट नपाएर झोक्राएका कतिपय नेताहरुलाई दरिलो पाठ सिकाउदै टिकेस नारायण श्रेष्ठको चुनावी अभियानको अग्रमोर्चा रहेका श्रीकृष्ण श्रेष्ठको साथ पाएका उनलाई वडाका सक्रिय र सृजनशील युवाहरुको पनि समर्थन रहेको देखिन्छ।
जात्रा ,पर्व ,उत्सव ,घटना हरेक समय वडा नं १३ का जनताको घर दैलोमा पुगेर सहयोग गरेका श्रेष्ठले कोरोना प्रकोपको समयमा पनि आफ्नै ज्यानको जोखिम मोलेर जनताको सेवा गरेका थिए।










प्रतिकृया दिनुहोस्