- १८ बैशाख २०७९, आईतवार २२:११
वैशाख १८, काठमाडौं । काङ्ग्रेसका नेता टंक प्रसाद सापकोटाकाे संयाेजकत्वमा चुनाव परिचालन समिति गठन भएको छ ।
स्थानीय निर्वाचन नजिकिदै गर्दा नेपाली काङ्ग्रेसले बुढानिलकण्ठ नगरपालिका वडा न.१२ मा टंक प्रसाद सापकोटाकाे संयाेजकत्वमा निर्वाचन परिचालन समिति गठन गरिएको हाे ।
कपनका प्रभावशाली एवम् अत्यन्तै सामाजिक रूपमा सकृय टंक प्रसाद सापकोटाकाे संयाेजकत्वमा गठन भएको चुनाव परिचालन समितिमा पहिलाे पटक मतदान गर्ने रितिका पुरी र १५ पटक देखि निरन्तर रूपमा मतदान गर्दै आइरहेका रेवति रमण काेइरालालाई पनि राखिएको काङ्ग्रेसका युवा नेता मनाेज सिग्देलले जानकारी दिनु भयाे ।
टंकप्रसाद सापकोटा नेपाली काङ्ग्रेस कपनकाे गाविस हुँदा देखिनै अत्यन्तै सकृय र सामाजिक रूपमा काम गर्दै आइरहेका एक बाैद्विक, असल इमानदार र कुशल नेतृत्वकाे रूपमा काम गर्दै आईरहनु भएको थियोे । त्यही कार्यकाे मुल्यांकन गर्दै उनलाई चुनाव परिचालन समितिकाे संयाेजककाे जिम्मेवारी दिएकाे मनाेज सिग्देलले बताउनु भयो ।










प्रतिकृया दिनुहोस्