- १८ बैशाख २०७९, आईतवार १७:२५
वैशाख १८, काठमाडौ । बुढानिलकण्ठ नगरपालिकाका मेयर पदका उम्मेदवार विनोद चालिसेले कपन क्षेत्रमा घरदैलो कार्यक्रम सुरू गरेका छन्
नेपाली काङ्ग्रेसबाट बुढानिलकण्ठ नगरपालिकाकाे मयेरका लागि उम्मेदवार दिएका विनाेद चालिसे उप मेयर रमिला वाग्ले र कपन क्षेत्रका वडा अध्यक्षहरूले संयुक्त रूपमा आजबाट घरदैलो कार्यक्रम सुरू गरेका छन् ।
हिजाे गगन थापाकाे उपस्थितिमा एक कार्यक्रम आयोजना गरी संकल्प पत्र सार्वजनिक गरे सँगै आज विहान देखि घरदैलो कार्यक्रम सुरू गरेकाे हाे ।
हरेक घर घरमा धाराे, निशुल्क स्वास्थ्य उपचार, शिक्षा , स्वराेजगारकाे एजेन्डालाई लिएर घरदैलो कार्यक्रम सुरू गरेकाे बाग्मती प्रदेश बुढानिलकण्ठ क्षेत्र नम्बर ४” ख”का मनाेज सिग्देलले जानकारी दिनु भयाे ।
साथै उहाँ कै नेतृत्वमा ५०१ जनाकाे चुनावी प्रचार प्रसार र अनुगमन टाेलि पनि गठन गरिएको उहाँले बताउनु भएको छ ।
घरदैलो कार्यक्रममा अत्यन्तै उत्साहाका साथ विनाेद चालिसेलाई हरेक घरघरमा सम्मान गर्नका लागि माल, टीका , खादा, सगुनकाे रूपमा दही, चिसाेले स्वागत गरेकाे थियोे , भने बृद्ध बुढि आमाहरूले तपाईंबाट धेरै आशा गरेकाे र चुनावमा जसरी पनि विजयी भएर आउनु भनी आशिर्वाद दिएका थिए ।










प्रतिकृया दिनुहोस्