- १२ बैशाख २०७९, सोमबार २०:३८
वैशाख १२, काठमाडौं । नेपाली काङ्ग्रेसबाट बुढानिलकण्ठ नगरपालिकाकाे मेयर पदका लागि विनाेद चालिसेज्युले उम्मेदवारी दर्ता गराएका छन् ।
नेपाली काङ्ग्रेसका महाधिवेशन प्रतिनिधि तथा पुर्व क्षेत्रिय सभापति समेत रहेका विनोद चालिसेले बुढानिलकण्ठ नगरपालिकाकाे मेयर पदका लागि उम्मेदवारी दर्ता गराउनु भएको हाे ।
लामाे समयदेखि शिक्षा क्षेत्र र समाजमा उदाहरणीय कार्यहरू गर्दै आइरहेका विनाेद चालिसे समाजकाे हरेक सुख दुखमा जनताको घरघरमा पुगेर उनिहरूकाे सुख दुख साटदै जनतालाई परेकाे समस्यालाई समाधान गर्दै आइरहनु भएको छ ।
साथै काेराेना महामारीको समयमा बुढानिलकण्ठ नगरपालिकामा ५० हजार भन्दा बढी माक्स तथा सेनिटाइजर वितरण गरी महामारी विरूद्वकाे जनचेतना मुलक कार्यक्रमहरू संचालनमा महत्त्वपूर्ण याेगदान पुर्याउदै आइरहनु भएको छ ।
बुढानिलकण्ठ नगरकाे शैक्षिक एवम् वाैद्विक नेतृत्वकाे रूपमा पनि परिचित नाम हाे विनाेद चालिसले ।











प्रतिकृया दिनुहोस्