- ११ बैशाख २०७९, आईतवार २०:५९
वैशाख ९, धनगढी । धनगढी उपमहानगर पालिकाकाे स्वतन्त्र मेयरकाे उम्मेदवार हाेपी हमालले शिक्षा क्षेत्रका लागि ९ वटा प्रतिब्धता सार्वजनिक गरेका छन् । उनले शैक्षिक सुधारका लागि यी ९ वटा कामहरू गर्ने आफ्नाे घाेषणा पत्रमा सार्वजनिक गरेका हुन
१. कैलाली बहुमुखी क्याम्पस, फुलबारी बहुमुखी क्याम्पस, ऐश्वर्य बहुमुखी क्याम्पस लगायत सम्पूर्ण सामुदायिक क्याम्पसहरूको पूर्वाधार विकासलगायत शैक्षिक विकासका लागि विशेष महत्वका साथ कार्यक्रम सञ्चालन गरिनेछ ।
२. उप–महानगरपालिकाको बजेटमा शिक्षालाई उच्च प्राथमिकता दिई सामुदायिक विद्यालयहरूको भौतिक पूर्वाधार स्तरोन्नति गरिने छ ।
३ सामुदायिक विद्यालयका प्रधानाध्यापक तथा शिक्षकहरूलाई कार्यदक्षता र कार्यसम्पादनका आधारमा पुरस्कृत हुने गरी शिक्षा सुधारका लागि उत्प्रेरित गरिनेछ ।
४. विद्यालयहरूमा प्राविधिक शिक्षालाई प्राथमिकता दिइनेछ र नयाँ प्राविधिक विषयहरू थप गरिनेछ ।
५. सामुदायिक विद्यालयहरूमा बालमैत्री मन्टेसरी विधिबाट अध्यापन गराउने व्यवस्था मिलाइनेछ ।
६. सामुदायिक विद्यालयहरूमा नैतिक शिक्षा, खेलकुद, योग, गीत–संगीत, चित्रकला आदिमा विशेष जोड दिइनेछ ।
७. रोजगारमूलक तथा उद्यमशील बन्ने गरी शिक्षालाई व्यावहारिक, रोजगारीमूलक बनाउन प्रयत्न गरिनेछ ।
८. समाजमा विकृतिका रूपमा रहेको लागुपदार्थ तथा दुव्र्यसनीको समस्या न्यूनीकरणमा नगरमा रहेका विभिन्न युवा क्लबहरूसँग समन्वय गरी विभिन्न किसिमका रचनात्मक कार्यक्रमहरू संचालनमा ल्याइनेछ ।
९. धनगढी उप–महानगरमा खेलकुद विकास गरी खेल शहरको रूपमा चिनाउने ।










प्रतिकृया दिनुहोस्