Rajani Rai ( first row in right ) disabilities student of Khagendra New Life Special Secondary school participate in a first day of Secondary Education Exam at Chamunda Secondary School Jorpati Kathmandu on Thursday, March 16, 2017. The examination of English subject is being held across the Country.
Photo: Dinesh Gole/Nagarik/Republica
- ८ बैशाख २०७९, बिहीबार १६:५७
गण्डकी, ८ वैशाख । गण्डकी प्रदेशमा यस वर्षको एसइई परीक्षामा ४६ हजार १९१ विद्यार्थी सहभागी हुने भएका छन् ।
भोलिदेखि सुरु हुने परीक्षाका लागि प्रदेशका ११ वटै जिल्लाका कूल एक हजार ३४१ विद्यालयबाट नियमिततर्फ ४५ हजार १५५, प्राविधिक धारतर्फ ८१५ र ग्रेड वृद्धितर्फ २२१ विद्यार्थी सहभागी बन्न लागेको प्रदेश शिक्षा विकास निर्देशनालयका निर्देशक अम्बिका आचार्यले जानकारी दिए ।
परीक्षाका लागि मनाङ र मुस्ताङबाहेक अन्य जिल्लामा होम सेन्टर नपर्ने गरी २२३ परीक्षा केन्द्र कायम गरिएको छ । प्रदेशमा सबैभन्दा बढी कास्की जिल्लाका २९१ विद्यालयका १० हजार ६२१ विद्यार्थी सहभागी बन्नेछन् ।
जिल्लाका ११७ सामुदायिक, १५९ निजी र १५ वटा गुरुकूल तथा गुठी विद्यालयबाट एसइई परीक्षामा परीक्षार्थी सहभागी हुन लागेको जिल्ला शिक्षा समन्वय एकाइ कास्कीका प्रमुख नारायण सुवेदीले जानकारी दिए । त्यस्तै सबैभन्दा कम हिमालपारिको जिल्ला मनाङका चार विद्यालयबाट ४३ परीक्षार्थी सहभागी बन्न लागेको निर्देशनालयले जनाएको छ । (रासस)










प्रतिकृया दिनुहोस्