- ३० चैत्र २०७८, बुधबार २२:१८
चैत ३०, नुवाकोट । सरकारले आगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचन घोषणा गरेसँगै देशको माहोल निर्वाचनले गर्माएको छ । विभिन्न पार्टीबाट विभिन्न पदमा उम्मेदवार बन्नेहरुको नाम चर्चामा आउन थालेको छ ।
२० वर्षपछि भएको गत २०७४ सालको निर्वाचनमा धेरै युवाहर नेतृत्वमा आएका छन् । जसको असर आगामी स्थानीय निर्वाचनमा पर्ने देखिन्छ । पार्टीको भातृ संगठन र पार्टीमै रहेर लामो समय काम गरेका नेता कार्यकर्ताहरुका लागि आगामी स्थानीय निर्वाचनमा जनप्रतिनिधि बन्ने सौभाग्य मिल्ने देखिन्छ । देशभरीको समग्र अवस्था हेर्ने हो भने पुराना पुस्ता र नयाँ पुस्ताका नेताहरुलाई उछिन्दै विद्यार्थी राजनीतिबाट खारिएकाहरु नेतृत्वका लागि अघि आएका देखिन्छन् । त्यही मध्येका एक हुन् नुवाकोट सूर्यगढीका आशा बोकेका युवा राजु अधिकारी ।
उमेरले भर्खरका अधिकारीको वाकपटुता, राजनीतिक चार्तुयता र नेतृत्वदायी क्षमताले उनलाई राजनीतिमा नसोचेको सफलता दिएको छ । जहाँ भए पनि आफ्ना कुराहरु आलोचनात्मक चेत राख्न सक्ने खुबी अधिकारीमा छ । विगत १५ वर्षदेखि पार्टीको भातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) मा आवद्ध भएका अधिकारी आगामी स्थानीय तहको निर्वाचनमा सूर्यगढीबाट गाउँपालिका प्रमुखको लागि सिफारिस भएको नाम हो । उमेरले भर्खर २८ मा दौडिरहेका अधिकारीको राजनीतिक उचाइ लोभलाग्दो देखिन्छ । पार्टीको भातृ संठगठनका विभिन्न जिम्मेवारीमा रहेर काम गरेको अधिकारी हाल नेविसंघ नुवाकोटका कार्यवाहक सभापति रहेका छन् । त्यसमा पनि अधिकारीको राजनीतिक छलाङ मान्न सकिन्छ । स्थानीय तहको निर्वाचनका लागि युवाहरुको तर्फबाट सूर्यगढीमा जोडदार रुपमा उनको नाम पालिका अध्यक्षका लागि अघि आएको छ । राम्रो शैक्षिक जग भएको अधिकारी भेट हुँदा पुराना देखि नयाँ मानिसहरुसँग गफिरहेका देखिन्छन् । उनलाई चिन्ने र जान्नेहरुले उनलाई बौद्धिक रुपमा चिन्छन् । राजनीति लगायत सबै विषयमा ज्ञान राख्ने अधिकारी बोलीमा धाराप्रवाह दिन सक्ने क्षमता राख्दछन् । कांग्रेस पार्टीमा आबद्ध भए पनि विचारका हिसाबले उनको निस्पक्षता सबैभन्दा मनपर्ने पक्ष रहने उनीसँग संगत गर्नेहरु बताउँछन् । अधिकारी स्वयं पनि राजनीतिमा युवा मात्र आएर होइन युवा पनि जोस र होससहितको हुनुपर्नेमा विश्वास राख्दछन् । सानै उमेरमा राजनीतिमा मन गएको र राजधानी र राजधानी बाहिर हुने गरेका कैयौँ आन्दोलनमा पटक पटक जेल समेत परको अधिकारी अबको राजनीति जनताको जीवनसँग प्रत्यक्ष सम्बन्ध राख्ने किसिमको हुनुपर्ने आवाज सधैँ उठाउँदै आइरहेका छन् ।
समाजमा फोहोरी राजनीतिले जरो गाडेका बेला सफा गर्न सक्ने ताकत भएका युवाहरुको खोजी भइरहेका अहिलेको समयमा अधिकारी यस्ता पात्र हुन् जो समाजले खोजेको छ । रहरले भन्दा पनि समाजको आवश्यक्ताले राजनीतिमा लागेका युवाहरुमध्येका एक जोडदार पात्र हुन् अधिकारी । त्यही कारण त देशभरबाट उनका उमेरका युवाहरुमा गाउँपालिका नेतृत्वको लागि नाम सिफारिस हुने मध्ये केही नाम मध्ये उनको नाम नगन्य मात्रामा रहेको छ । युवाहरुमा थप जोस र जाँगर हुनुपर्छ भन्ने मान्यता राख्ने उनी समग्र पालिका विकासको दर्जनौँ योजना त सुनाउँछन् नै । साथसाथै जिल्ला र देशको नेतृत्व गर्नेहरुका लागि योजना समेत दिन पछि पर्दैनन् । आगामी स्थानीय तहको निर्वाचनका लागि उनको दाबी विभिन्न कारणबाट स्वभाविक मानिन्छ । किनकी जोस होससहितको युवा समाजका लागि आजको आवश्यक्ता हो ।










प्रतिकृया दिनुहोस्