- १३ चैत्र २०७८, आईतवार २०:५५
चैत्र १३, काठमाडौं । भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले सनातन धर्म संस्कृतिको रक्षा गर्न नेपाललाई सुझाव दिएका छन्। धर्म निरपेक्षताका नाममा नेपालमा बढ्दो क्रिश्चियानिटी र धर्मान्तरणतर्फ संकेत गर्दै मुख्यमन्त्री आदित्यनाथले सनातन धर्म संस्कृति र धरोहर संरक्षणमा जोड दिएका हुन्।
दोस्रोपटक मुख्यमन्त्री चुनिएका योगीको सपथ ग्रहण समारोहमा सहभागी हुन लखनऊ पुगेका नेपाली सांसदको टोलीले शनिबार योगीसँग उनकै कार्यालय राजभवनमा भेटेको थियो। भेटमा आदित्यनाथले नेपाललाई धार्मिक सन्देश दिएका हुन्।
विश्वका सय करोड हिन्दू धर्मावलम्वीको आस्थाको केन्द्र नेपाल बन्नुपर्ने, नेपालमा धार्मिक पर्यटनको अथाह सम्भावना रहेकाले हिन्दु राष्ट्र हुनुपर्ने मान्यता राख्दै आएका योगीले मठमन्दिरको संरक्षणमा पनि जोड दिएका छन्।
‘नेपालको पुरानो मठमन्दिरको जिर्णोद्धार गर्न जरुरी छ। नयाँ मन्दिर बनाउनुभन्दा पुरानो मन्दिरको संरक्षण गर्नुपर्छ। जिर्णोद्धार गर्नुपर्छ,’ योगीको भनाई उद्धृत गर्दै सांसद अभिषेक प्रताप शाहले भने, ‘बरु भारतले के सहयोग गर्नुपर्छ, गर्छ।’
शाहले थपे, ‘नेपालमा थुप्रै मठमन्दिर जिर्णोद्धार गर्नुपर्ने अवस्थाबारे उहाँ जानकार हुनुहुँदो रहेछ। सनातन धर्म संस्कृति रक्षा र मठमन्दिर जोगाउन संरक्षण गर्नुपर्नेमा उहाँले विशेष जोड दिनुभयो।’










प्रतिकृया दिनुहोस्