- १३ चैत्र २०७८, आईतवार ०६:३५
चैत्र १३, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षकको बढुवामा तृतीय, द्वितीय, प्रथम र विशिष्टगरी चार श्रेणी कायम गर्ने भएको भएको छ । गत फागुन ९ गते सोमबार नेपाल शिक्षक महासंघले राखेको सो मागमा सहमति जनाउँदै शिक्षा मन्त्रालयले शिक्षक बढुवामा श्रेणी कायम गर्न लागेको हो ।
शिक्षा मन्त्रालयसँग महासंघले ‘‘स्थायी शिक्षकको लागि दश वर्षमा एक तहको बढुवाको अनुपात ६०:२५:१०:५ कायम गर्ने । तल्लो तहमा कार्यरत योग्यता पुगेका स्थायी शिक्षकहरूको हकमा तहगत बढुवा प्रबन्ध गर्ने । शिक्षक सेवा आयोगले लिने हरेक परीक्षामा तल्लो तहमा स्थायी भएका शिक्षकले मात्र प्रतिस्पर्धा गर्ने गरी निश्चित कोटाको प्रबन्ध गर्ने ।’’ माग राखेको थियो ।
उक्त मागमा सहमति जनाउँदै मन्त्रालयले भनेको छ, ‘‘एउटै श्रेणीमा निरन्तर १५ वर्ष सेवा गरेका र एकपटक पनि बढुवा नभएका स्थायी शिक्षकहरूलाई एक तह (श्रेणी) बढुवा गर्ने, शिक्षकको बढुवामा तृतीय, द्वितीय, प्रथम र विशिष्टगरी चार श्रेणी कायम गर्ने, तल्लो तहमा कार्यरत योग्यता पुगेका स्थायी शिक्षकहरूको हकमा तहगत बढुवाको प्रबन्ध गर्ने, शिक्षक सेवा आयोगले लिने हरेक परीक्षामा तल्लो तहमा स्थायी भएका शिक्षकले मात्र प्रतिस्पर्धा गर्ने गरी निश्चित कोटाको प्रबन्ध गर्ने र तहगत बढुवा प्रणालीबारे अध्ययन र छलफल गर्ने ।’’
हाल तहअनुसार श्रेणीको व्यवस्था रहेको छ । खुल्ला, आन्तरिक र कार्य सुम्पादनमा आधारित बढुवाको व्यवस्था रहेको छ ।










प्रतिकृया दिनुहोस्