- ११ चैत्र २०७८, शुक्रबार २०:५७
चैत्र ११ , कपिलवस्तु । हिन्दू राष्ट्र स्वाभिमान जागरण अभियान द्वारा कपिलवस्तुमा प्रबुद्ध नागरिक गोष्ठी तथा साहित्य बिमोचन कार्यक्रम सम्पन्न भएको छ।
हरी शर्मा आचार्य ज्युको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथी पुर्व प्रधान न्यायाधीश श्रीमान गोपाल पराजुली, बिशिस्ट अतिथी पुर्व प्रहरी महानिरीक्षक (IGP) अच्युतकृष्ण खरेल, तथा पुर्व प्रहरी अतिरिक्त महानिरीक्षक श्री कल्याण कुमार तिम्सिनाज्यु लगायत सह संयोजक डा.विनय पाण्डे, वासुदेव चौधरी लगायत समाजका विशिष्ट ५०० जना भन्दाबढी प्रबुद्ध व्यतित्वहरुको उपस्तिथिमा रहेकाे थियोे ।
कार्यक्रममा हिन्दुत्वकाे जागरण अभियानको लागि प्रकाशित पुस्तक,स्टिकर तथा फोल्डरको पुर्ण परिचय सहित विमोचन गरिएको थियोे । कार्यक्रम कपिलवस्तुकाे गौतम बुद्ध होटलको प्राङ्ग्णमा सम्पन्न भएको आयाेजकले जानकारी दिएका छन् ।
पूर्व प्रधानसेनापति रूक्माङ्गद कटवालकाे नेतृत्वमा प्रारम्भ भएको हिन्दु राष्ट्र जागरण अभियानले गत शनिबार काठमाडौंबाट प्रबुद्व नागरिक गाेष्ठी कार्यक्रमकाे प्रभारम्भ गरेकाे थियोे । अभियानले देशकाे प्रमुख शहरहरूमा हिन्दुत्वकाे जागरणका लागि प्रबुद्व नागरिक गाेष्ठी कार्यक्रम संचालन गरिरहेकाे छ । फाेटाे फिचर











प्रतिकृया दिनुहोस्