- ११ चैत्र २०७८, शुक्रबार ०८:३२
चैत १०, चितवन । पाँचौँ सलोम राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी चितवनमा सुरु भएको छ ।
कृषिलाई आधुनिकीरण तर्फ उन्मुख गराउनका लागि पाँचौँ कृषि औचार तथा यन्त्रिकरणको प्रदर्शनी आयोजना गरिएको हो ।
चैत्र ९ गतेबाट प्रारम्भ भएको प्रदर्शनीको उद्घाटन नेपाल सरकार कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा गोविन्द प्रसाद शर्माले गर्नु भएको थियो । उहाँ कार्यक्रममा बोल्दै आधुनिकीकरणमा होमिन तीनै तहका सरकार लाग्नुपर्ने र यसमा राजनीतिक दलहरूले पनि साथ र सहयोग गर्नुपर्ने सुझाव दिँदै कृषकहरूको योगदानले नेपाल दूध, मासुमा आत्मनिर्भरको बाटोमा पुगेको बताउनु भयो ।
साथै उहाँले खाद्यान्न आयातमा देखिएको वृद्धि चिन्ताजनक भएको र यस चुनौतीलाई मत्थर गर्न युवाहरूलाई आकर्षण गर्नु पर्ने , कृषिबाट पनि कमाउन सकिन्छ भन्ने कुरामा विश्वास लिन र कृषिलाई सम्मानित बनाउन यान्त्रीकरणमा ध्यान दिनुपर्ने कुरामा जोड दिनुभएको थियो ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा।गोविन्द शर्माको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा नेपालस्थित इजरायली राजदूत खनान गोदार, कृषि विकास निर्देशनलालका महानिर्देशक रेवतीरमण पौडेल, बैंकर्स सङ्घका अध्यक्ष तथा कृषि बैङ्कका प्रमुख कार्यकारी अधिकृत अनिल उपाध्याय, नविल बैङ्कका कार्यकारी प्रमुख अनिल केशरी शाह लगायतले कार्यक्रम सफलताको शुभकामना दिएका थिए ।










प्रतिकृया दिनुहोस्