- ९ चैत्र २०७८, बुधबार १२:०३
चैत्र ९, काठमाडौं । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल ( प्याब्सन)को एक कार्यक्रमका विच आज भवन उद्घाटन गरेको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले रिवन काटेर भवन उद्घाटन गरेको हुन् ।
उद्घाटन कार्यक्रममा बोल्दै शिक्षा मन्त्री देवेन्द्र पौडेलले “बिराले कालो होस् वा सेतो” जस्तो भएपनि उसको काम मुसा मार्ने हो भन्ने चनियाँ भनाईलाई उल्लेख गर्दे विद्यालय जुनसुकै हुन् लक्ष्य भनेको विद्यार्थी केन्द्रीत दक्ष जनशक्ति उत्पादन गर्ने रहेको बताए ।
निजी विद्यालयहरुलाई राज्यले लगानी नगरेको र आफै लगानी गरेको बताउँदै निजी क्षेत्रलाई कसैले पनि गालि गर्न नहुने बताए । उनले निजी विद्यालयलाई समस्या हुनेगरी आवेगको भरमा कुनै निर्णय नगरीने प्रति ढुक्क हुन आग्रह गरे ।


राज्यको पहिलो जोड् सार्वजनिक विद्यालयलाई सुधार गर्ने रहेको जानकारी दिँदै निजी विद्यालय र सार्वजनिक विद्यालय विचमा सहकार्य गर्न सकिने भनाई राखे । साथै निजी विद्यालयले शिक्षा क्षेत्रमा गरेको लगानि सुरक्षा गर्नु राज्यले दायीत्व रहेको बताए ।
शिक्षा सेवामुलक क्षेत्र भएका कारणले सकेसम्म विद्यार्थीलाई कम शुल्कमा पढाउन आग्रह गर्दै समग्र शिक्षा क्षेत्रको करीब ३० प्रतिशत भूमिका निजी विद्यालयले आगटेको र ५५ प्रतिशत महिलाहरुलाई रोजगार दिएको भन्दै प्रशंसा गरे ।
त्यसैगरी सरकारका राज्य मन्त्री उमेश श्रेष्ठले शिक्षा क्षेत्रमा निकै चुनौति रहेको भन्दै शिक्षामा आमुल परीवर्तन गर्न संघिय शिक्षा ऐन ल्याउनुपर्नेमा जोड दिए । उनले सार्वजनिक विद्यालय र निजी विद्यालय हातेमालो गरेर अगाडी बढ्न आवश्यक रहेको भनाई राखे । कानुन बन्दै गरेको अवस्था रहेको जानकारी दिदै निजी विद्यालयहरुले लगानीको सुरक्षाका लागि चिन्ता गर्नुपर्ने अवस्था नरहेको समेत बताए ।


प्याब्सनका अध्यक्ष टिकाराम पुरीले दुःख सुख जसोतसो गरेर भएपनि स्थापनाको ३१ वर्ष पछि आफ्नै भवन खरिद गर्न सकेको बताए । प्याब्सनमा रहेका अग्रहजहरुको सहयो र उहाँहरुले देखेको सपना, अग्रजहरुले बनाएको कार्ययोजना अनुसार आफ्नो कार्यकालमा सफल गर्ने सकेको भन्दै खुशी व्याक्त गरे । उनले प्याबसनमा आवद्ध सबै सदस्यहरुको उत्तिकै योगदान रहेको र यो सबैको साझा सम्पत्ति रहेको बताए ।
प्याब्सनले काठमाडौंको तिनकुने, सुविधानगरमा १४ करोडको लागतमा आफ्नै भवन खरिद गरेको हो ।











प्रतिकृया दिनुहोस्