- २८ फाल्गुन २०७८, शनिबार २२:०५
फागुन २८, काठमाडैँ । तीन दशकदेखि दन्त सेवा दिइरहेको समाज डेण्टल हस्पिटलले छैठौं शाखा मार्फत काठमाडौको बसुन्धारमा शनिबारदेखि सेवा सुरु गरेको छ। समाज डेण्टल हस्पिटलले यस अघि पाँचवटा शाखा मार्फत सेवा दिइरहेको छ।
बसुन्धारा शाखाको काठमाडौं महानगरपालिका उपप्रमुख हरिप्रभा खड्कीले शनिबार उद्घाटन गर्नुभयो।
समाज डेण्टल हस्पिटलका प्रमुख शंकु घिमिरिले छैठौं शाखा मार्फत बसुन्धरा क्षेत्रमा सेवा विस्तार गर्न पाउँदा खुसी लागेको बताए। शुलभ सेवा शुल्कमा गुणस्तरिय दन्तसेवा दिने उदेश्यका सात नयाँ शाखा विस्तार गरिएको र दक्ष र अनुभवि चिकित्सको टिमबाट यस क्षेत्रका बासिन्दाले गुणस्तरिए दन्त सेवा पाउने घिमिरेको भनाइ थियो।
बसुन्धरामा सेवा सुरू भएको अवसरमा पहिलो महिना भर सबै दन्त सेवामा २० प्रतिशत छुटको सुविधामा दिएको समाज डेण्टल हस्पिटलका निर्देशक सविन घिमिरेले जानकारी दिनुभयाे । छुट सुविधाले सेवाग्रहीलाई थप लाभा पुग्ने घिमिरेको विश्वास छ।
समाज डेण्टल हस्पिटलले तिन दशकदेखी दात तथा मुखसम्बन्धी रोगको उपचार गर्दै आएको छ।
काठमाडौंको नयाँ बानेश्वरबाट सुरू भएको समाज डेण्टलले बसुन्धारसिहत छ वटा शाखा मार्फत सेवा दिइरहेको छ। हाल उसले काठमाण्डौंको नयाँ बानेश्वर, जावलाखेल, गंगबु वीपी अस्पताल र भक्तपुरको राधेराधेमा केही बर्ष देखि नै सेवा दिइरहेको छ।










प्रतिकृया दिनुहोस्