File photo
- २३ फाल्गुन २०७८, सोमबार १५:१६
फागुन २३, काठमाडाैँ । दुर्गम क्षेत्रबाट काठमाडौंमा आएर सरकारी शिक्षण संस्थाहरुमा विश्वविद्यालय तहमा अध्ययनरत विद्यार्थीका लागि नि:शुल्क विद्युतीय चुलो (इन्डक्सन) बाँडिने भएको छ ।
ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयले विद्यार्थीलाई स्तरीकरण गरेर निःशुल्क तथा निश्चित प्रतिशत छुटमा यस्तो चुलो वितरण गर्ने भएको छ ।
केन्द्रले प्रकाशित गरेको सूचनामा काठमाडौं उपत्यकामा आएर घरभाडामा लिइ सरकारी तथा सामुदायिक शिक्षण संस्थामा अध्ययन गर्ने विद्यार्थीहरू यसबाट लाभान्वित हुनेछन् । यसका लागि स्नातक र स्नातकोत्तर तहमा अध्ययन गर्ने विद्यार्थीहरूले आवेदन दिन पाउनेछन् ।
निवेदन बुझाउने अन्तिम मिति: २०७८/११/२५


सम्वन्धित समाचारहरु
ताजा समाचार
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement










प्रतिकृया दिनुहोस्