- १९ फाल्गुन २०७८, बिहीबार ०६:५७
फागुन १९, काठमाडौँ । युवाको समग्र विकासका लागि सरकारले राष्ट्रिय युवा परिषद्को स्थापना गरे पनि लक्षित वर्गसम्म जान सकेको छैन ।
युवा परिषद् भनिए पनि यस कार्यालयले युवा लक्षित प्रभावकारी कार्यक्रम तय गर्नसकेको छैन । सञ्चालनमा आएका कार्यक्रम पनि युवासम्म पुगेको छैन ।
सरकारले युवा तथा खेलकुद मन्त्रालयअन्तर्गत रहने गरी २०७२ साल फागुन १९ गते परिषद् स्थापना गरेको थियो ।
उद्यमशीलता र सीप विकास, गुणस्तरीय र व्यावसायिक शिक्षा, रोजगारी, स्वास्थ्य र सामाजिक सुरक्षा, युवा परिचालन, सहभागिता र नेतृत्व विकासलगायतका उद्देश्य परिषद्को छ तर यी कार्यक्रम खासै प्रभावकारी भएको छैन, भने अर्कातिर युवा परिषद्ले स्थानिय देखि केन्द्र सम्म नमुना युवा संसदिय अभ्यास कार्यक्रम संचालन गर्ने र त्यही अभ्यस पश्चात् नगर युवा संजाल हुदै केन्द्रीय युवा संजाल गठन प्रक्रियामा पाटिमा लागेका आफु निकट युवाहरुलाई बढी प्रथमिकता दिने र युवा संजालहरुमा नेतृत्व निकट भएका दलका कार्यकर्तामात्र रोजाइमा पर्ने गरेको गुनासो स्वतन्त्र रुपमा काम गर्ने युवाहरुले बताएका छन् ।










प्रतिकृया दिनुहोस्